
नबराज वि क
कतार( गैरआसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आसन्न नबौ महाधिबेशनको संघारमा तिब्र रुपमा माहोल तातिरहेको बेला मध्यपुर्व संयोजक आर के शर्मा राजेन्द्र कुमार शर्मा ले सचिब पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एनआरएनएएनसीसी कतारको सल्लाहकार,आइसीसी सदस्य हुदै मध्यपुर्व संयोजकको नेत्तृत्व गरेका शर्मा ले९२०१९–०२१०कार्यकालका लागि सचिब पदको उम्मेदवारी घोषणा गर्दै मध्यपुर्वमा रहेका नेपालीहरु नेत्तृत्व गदै उम्मेदवारी दिने बताए ।
मध्यपुर्व संयोजक हुदाँ प्राय सबै देशहरुमा पुगेर श्रमिक नेपालीको समस्या लाई लिएर सम्बन्धित निकायमा पुगेर समस्याहरु लाई समाधान गर्दै आइरहेका शर्मा बैदेशिक रोजगारीमा आउने श्रमिक नेपालीहरुको पक्षमा पहिलो प्राथमिकतामा राख्दै काम गरेका छन् । स्वास्थ सुरक्षा तथा सचेतना कार्यक्रम देखि घरेलु कामदारको रुपमा आउने महिलाहरुले झेल्नु परेको समस्याहरु लाई निराकरण देखि दुताबास बाटै श्रम स्वकृति दिलाउने सम्मका कार्यहरु लाई जोड दिएका छन् ।
मध्यपुर्ब बाट लगानी तथा पर्यटन नेपाल भित्र्याउन पहल गर्दै आएका शर्मा सम्पुर्ण एनआरएनका अभियान्तहरुले समेत साथ दिनेमा विस्वस्त रहेको बताए । कतार लगायत विभिन्न देशहरुमा सफल ब्यावसाय गर्दै आईरहेका शर्मा मध्यपुर्वका खाडी राष्ट्रहरुमा श्रमिक नेपालीहरुको माझमा निकै लोकप्रिय समेत रहेका छन् ।