मूल खबर

सर्वोच्चको आदेशमा रिहा भएका पत्रकार अदालतको गेटबाटै गिरफ्तार

काठमाडौं : सर्वोच्च अदालतको आदेशमा रिहा भएका पत्रकार ओम हमाल अदालतको गेटबाटै पक्राउ परेका छन् । नेकपाको कार्यकर्ता भएको आरोपमा प्रहरीले भदौ ६ गते उनलाई कास्कीको सिसुवाबाट पक्राउ गरेको थियो ।

गैरन्यायीक गिरफ्तारीको बिरोध तथा रिहाईको माग गर्दै नेपाल पत्रकार महासंघका तर्फबाट जन्मदेव जैशीले दायर गरेको बन्दी प्रत्यक्षकिरणको रिट माथि आज भएको बहसपछि हमाललाई रिहा गर्न अदालतले आदेश दिएको थियो । बहसपछि हमाललाई न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले रिहा गर्न आदेश दिएको हो । तर प्रहरीले अदालत परिसरबाटै हमाललाई पुनः गिरफ्तार गरेको हो । हमाललाई पक्राऊ गरि उदयपुर लैजान लागेको बुझिएको छ ।

बिचार र आस्था राखेकै आधारमा पत्रकार तथा लेखकमाथि धरपकड बढाउने, अनावश्यक दुखः दिने, मानसिक तनाब दिने जस्ता कार्य गम्भीर मानवअधिकार उलंघन तथा प्रेस अभिव्यक्ति स्वतन्त्रता बिरोधी हर्कत भएको भन्दै पत्रकार हमालको गिरफ्तारीको चौतर्फी बिरोध भएको छ ।
यता, जनपत्रकार संगठन नेपालले विचार र आस्थाका आधारमा पत्रकारको गिरफ्तारी बन्द गर्न र प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारसँग माग गरेको छ ।२०७६, १७ भाद्र मंगलवार २१:२७ ई-रातो खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button