खबर

भाइटीका लगाउनेले नै फिरौती माग्यो

काठमाडौँ स्युचाटारकी रेन्जुकला त्रिपाठी कँडेललाई धम्क्याएर २० लाख रुपैयाँ लिन खोज्ने धादिङका सन्तोष कँडेललाई प्रहरीले पक्राउ गरेको छ ।

२० लाख नदिए छोरी अपहरण गरिदिन्छु भन्दै धम्क्याएको अभियोगमा कँडेललाई प्रहरीले बालाजु पुलबाट मंगलबार पक्राउ गरेको हो ।

रेन्जुकलालाई नाताले भाइ पर्ने कँडेलले भदौं १३ गते घरमै आएर पहेलो खामभित्र चिठी लेखेर २० लाख मागेका थिए ।

मागेको जति पैसा नदिए छोरी अपहरण गर्ने र घरमा बम पड्काइदिने धम्की दिएको रेन्जुका दाजु हेरम्बराज कँडेलले बताए । नागरिक दैनिकमा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button