खेलकुद

नादेझ्दा कपका लागि १८ खेलाडी छनोट

काठमाडौं  – किर्गिस्तानमा आयोजना हुने नादेझ्दा कपमा सहभागीता जनाउन नेपाली महिला राष्ट्रिय फुटबल टोलीको १८ सदस्यीय टोली घोषणा भएको छ ।

प्रतियोगिताको नियमअनुसार १८ खेलाडी मात्र माग भएपछि प्रशिक्षक हरि खड्काले यसअघि घोषणा गरिएको ३२ सदस्यीय टोलीबाट अन्तिम टिमको टुंगो लगाएका हुन् । नेपालले नादेझ्दा कपमा लगातार तीन दिन समूह चरणका खेल खेल्दैछ । नेपालले सेप्टेम्बर ८ मा आयोजक किर्गिस्तान, सेप्टेम्बर ९ मा उज्बेकिस्तान र सेप्टेम्बर १० मा ताजिकिस्तानको सामना गर्नेछ । सेप्टेम्बर १२ मा तेस्रो स्थान र उपाधि भिडन्तको खेल हुनेछ ‌।

नेपाली टोली बिहीबार किर्गिस्तानतर्फ प्रस्थान गर्दैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार टोलीलाई बिदा गरेको छ । बिदाईमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश सिलवाल, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ लगायत अन्य पदाधिकारीको उपस्थिति रहेको थियो ।

अन्तिम टोली:

१.एन्जिला तुम्बापो सुब्बा
२.अन्जना राना मगर
३.पुनम जर्घामगर
४.हिरा कुमार भुजेल
५. अमृता जैशी
६.दिपा राई
७.रेनुका नगरकोटे
८.अनिता बस्नेत
९.मन्जली कुमारी योञ्जन
१०.सरु लिम्बु
११.सावित्रा भण्डारी
१२.निरु थापा
१३.रेखा पौडेल
१४.अनिता केसी
१५.गिता राना
१६.कबिता धिमाल
१७.विमला चौधरी
१८.इन्दिरा राई

अफिसियल:

प्रशिक्षक – हरि खड्का
सहायक प्रशिक्षक – अरुणा गुरुङ
गोलरक्षक प्रशिक्षक – अस्मिता खवास
फिजियोथेरापीस्ट – नविना श्रेष्ठ
टिम डाक्टर – डंगोल महर्जन
व्यवस्थापक – पेमा डंगोल लामा

(हाम्रो खेलकुद)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button