
जिवनको यात्रामा मनसँग मन मिलेर त्यहि मनबाट स्निग्ध र निश्छल प्रेम जन्मेर जिवनको यात्रामा यात्रारत पूजन ल्वागुन र अनुपमा प्रधान जिवनका साथीहरु मात्र होईनन् नेपाली पन , नेपाली मन र जिवनको पाटोको कथा गाउने युगल जोडीहरु पनि हुन् भन्ने लाग्छ । मनसँग मनको मेल भएर उनीहरु दाम्पत्य जिवनमा कसिएका त हुन्नै तर मलाई लाग्छ संगीतप्रति अधाग स्नेह र झुकावको उनीहरु दुुबैको अर्को अन्तरमनको आकषर्णले पनि यो जोडीलाई जिवन साथी बनाउन कम भूमिका खेलको छैन होला ।
मेचीको किनारबाट धेरै पर भएर पनि नेपाली गीत र संगीतलाई पलपल धड्कन बनाएर मरिहत्ते गर्ने यो जोडीको साँच्चै नेपाली गीत संगीतप्रतिको चिन्तन र चिन्ता गजबको लाग्छ । आफ्नो नित्यकर्मको थोरै फुुर्सदको समयमा पनि कसरी सुन्दर सृजना जन्माउने र जन्मिएको सृजनालाई सांगीतिक न्यायको रङ्रोगनले सजाउने उनीहरु छलफल गर्छन् । सांगीतिक धारकै कुरा गर्दा पूजन संगीतकार हुन् र अनुपमा गायीका हुन् , पारिवारिक माहौल पनि गजब्बकै लाग्छ संगीतमयनै ।
गीतहरुमा सजिवता खोतल्ने पूजन र गायकीमा गीत र संगीतको भाव, ताल, लय, सुरुमा डुबुल्की मार्न खोज्ने अनुपमा उति साहे चर्चामा आउनै पर्छ भन्ने कलाकार पनि होईनन् ,निरन्तर आफ्नो कर्ममानै तल्लिन बन्न रुचाउने यो जोडीको मिलनले उनीहरुको ब्यबहारिक पक्षको जिवन यात्रा त ईष्र्या गरौँ जस्तो लाग्ने त बनाएकै छ अझ सांगीतिक प्रेमलाई समेत उजील्याउने क्रममा रहेको लाग्छ । अहिले सम्म पूजन र अनुपमाले दर्जनौ नेपाली गीतहरुमा संगीत र स्वर भरिसकेकाछन् । उनीहरुका गीतमा अक्सर मानिविय पक्ष , सामाजिक चेतना र कतै न कतै मान्छेको जिवन बोलेको भेटिन्छ ।
पूजन र अनुपमाको गीत र संगीतको यात्रालाई हेर्दा लाग्छ उनीहरु मनसँग मन जोडिदिने , गीतमा जिवनको भोगाईमा रहेका विविध पाटाहरुलाई गीत र संगीतको माध्यामबाट अभिब्यक्त गर्ने जोडी कलाकार हुन् । शायद यसै भएर पनि हुनु पर्छ नेपाली गीत संगीतको क्षेत्रमा महत्वपूर्ण मानिने ईमेज अवार्डमा उनीहरुले आफ्नो सृजनालाई खरो रुपमा दर्ज गर्न सफल भएकाछन् ।यस वर्षको ईमेज अवार्डमा पूजन वेष्ट म्यूजिक कम्पोजिसन द ईयर बन्न सफल भएकाछन् भने अनुपमा बेष्ट भोकल परफमेन्समा मनोनयन हुन सफल भएका हुन् ।त्यसो त गत सालको ईमेज अवार्डमा यो जोडी ‘ ग्रूप अफ ड्यू क्याटेगोरी ’ मा परेर अवार्ड हात पार्न समेत सफल भएको थियो त्यो बेला उनीहरुको ‘ हावा घरेैमा ’ बोलको युगल गीतबाट उनीहरु पुरस्कृत भएका थिए । पूजन र अनुपमाको सांगीतिक र जिवनको यात्रा साच्चै एउटा जिवनको सुन्दर , शालिन र शौम्य गीत जस्तो लाग्छ । परिवारका सदस्यको साथ र सहयोग अनि श्रोताहरुको मायाँनै उनीहरुको सांगीतिक यात्राको निरन्तरता भएको पूजन र अनुपमा बताउँछन् ।
कुनै सांगीतिक योजना ल्याउन भन्दा पहिला यो जोडी त्यसलाई कसरी राम्रो पार्ने भन्ने सरसल्लाह गर्ने गरेको बताउँछिन् अनुपमा उनी भन्छिन् ‘ गीत त सबै गीतनै हुन् तर हामी कुनै प्रोजेक्ट बाहिर ल्याउनु अघि आपसमा सल्लाह गर्छौ हामीले हाम्रा श्रोतालाई दिने भनेको सांगीतिक कोशेलीमा नयाँ पन र फरक पन के दिने भनेर सल्लाह हुन्छ ’ ।
पूजन पनि हम्मेसी कुनै गीतलाई हतारमा छानेर चल्छ भन्ने पाराले काम गर्दैनन् उनी भन्छन् ‘ हामी नेपाली गीत संगीतको क्षेत्रमा नयाँ गीत ल्याउने तयारीमाछौँ भने पूजन र अनुपमाले एउटा नयाँ गीत श्रोता माझ ल्याए भनेर गीतको संख्या थप्नुलाई मात्र म काम मान्दिन नेपाली संगीत क्षेत्रले पनि असल चिज पाओस र हाम्रा सम्पूर्ण श्रोताहरुका लागि पनि नयाँ कोशेली बनोस भन्ने कुरामा मेरो ध्यान जान्छ ’
यस पटकको ईमेज अवार्डमा यो सांगीतिक जोडी फेरि आ आफ्नो कर्मको क्षेत्रबाट मनोनयन बन्न सफल भएको छ । ईमेज अवार्डमा मनोनयनमा परेपछि छोटो प्रतिकृया दिदै उनीहरुको भनाई थियो ‘ हाम्रो कामको मूल्याङ्क भयो , दुबैलाई सांगीतिक यात्राका लागि ठूलो हौसला मिलेको छ सबैलाई धन्याबाद प्रकट गर्दछौ ’ । प्रस्तुति जी एन शर्मा