मूल खबर

नेकपालाई गगन थापाको प्रस्ताव : केपी ओलीलाई आराम गर्न दिउँ, नयाँ प्रधानमन्त्री बनाऔं

काठमाडौं – नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नयाँ प्रधानमन्त्री बनाउनुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभामा बोल्दै सांसद थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आराम गर्न दिएर नयाँ प्रधानमन्त्री बनाउन नेकपालाई सुझाव दिएका छन् । प्रधानमन्त्रीको स्वास्थ्यअनुसार कार्यबोझ बढाइएको भन्दै थापाले इच्छाशक्ती मात्र सबै कुरा नभएको बताए ।

‘इच्छाशक्तिले मात्र हुँदैन । शारीरिक स्वास्थ्यले पनि धेरै कुरा निर्धारण गर्दछ’, उनले भने, ‘अब नयाँ प्रधानमन्त्री छानौं । नेकपाभित्र दुई तिहाईको सरकार छ । प्रधानमन्त्री भइसकेको एक से एक व्यक्ति छन् । प्रधानमन्त्रीलाई विश्राम गर्न दिनूस् ।’

प्रधानमन्त्रीले आफ्नो उपचारको खर्च आफैं व्यहोर्ने कामको प्रशंसा गर्दै थापाले सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना समेत गरेका थिए ।काठमाडौँपाटी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button