इटहरी । मासु बिक्री गर्दा बाहिरै झुण्ड्याएर राख्न पाइदै न । फलामको अंकुशे मा जालीबिनै बाहिरै दे खिने गरी राखे र बिक्री गरे को पाईन्छ । मासु पसलको पटक–पटक सरकारी निकायहरुले पनि अनुगमन गदैर् आएका छन । तर सुधारोन्मुख भने भएको छैन ।
नेपालीहरुको चाडवर्प नजिकिए सँगै बजारमा जथाभावी मासु पसलहरु खुले पनि सम्वन्धीत निकायले अनुगमन नगर्दा उपभोक्ताहरु मारमा पदै आएका छन । होटल ब्यवसायी संघ इटहरीको उपाध्यक्ष तेजबहादुर पुरीले मासु पसलहरु ब्यवस्थित नबनाई नहुने बताए । धुलो,हिलो मिसिने गरि जथाभावी मासु पसलहरु खोल्ने क्रम बढेको भन्दै ब्यवस्थित पसल सञ्चालनमा ल्याउँनु पर्ने उनको भनाई थियो ।
इटहरी काग्रेसका युवा नेता तथा मिट मार्ट फ्रेस हाउसका सञ्चालक सुर्य राईले बजारमा अब्यवस्थित मासु पसलहरु खुलिरहेको स्वीकार गरे । स्वास्थ्यकर मासु खुवाउँने उदेश्यको साथ मिट मार्ट फ्रेस हाउस सञ्चालनमा ल्याएको राईले जनाए । विशेष गरि लोकल कुखुरा,तित्रा,टर्की,कडकना,बट्टाई,बोईलर साथै अस्टीजको मासु विक्रि गदै आएको जनाउँदै राईले स्वस्थकर मासु बिक्रि गरेको जनाए ।
इटहरी उपमहानगरपालिकाको मुख्य बजार आसपासमा रहेका दर्जनौं मासु पसलहरू अव्यवस्थित र खुल्ला रूपमै सञ्चालन हुँदै आएका छन्। अधिकांश मासु पसलले मापदण्ड पूरा नगरी बिक्री वितरण गर्दै आएका छन् । मासु पसल अब्यवस्थित हुदा उपभोक्ताहरु मारमा पदै आएको इटहरीका ब्यवसायी सुमन भुजेलले बताए । इटहरीमा कपडा पसल गदै आएका भुजेल भन्छन् सामान्य मापदण्ड समेत नभएको मासु पसललाई कार्वार्ही गर्नु पर्छ ।
मासु पसल सामान्यतया पर्याप्त क्षेत्रफल हुनुपर्ने, पसलमा सजिलै फोहोर देख्न मिल्ने सेतो मार्बल तथा टायल लगाउनुपर्ने, निकासी तथा फोहोर व्यवस्थापन उचित व्यवस्था हुनुपर्ने, स्वच्छ र सफा पानीको व्यवस्था हुनुपर्ने, मासु बिक्रेताले छुट्टै पोसाक लगाउनुपर्ने, स्टिलको हुकको व्यवस्था, चिस्याउनका लागि डिप फ्रिज, डिजिटल तराजु हुनुपर्ने नियम भए पनि अधिकांशले पालना गरेका छैनन् ।
इटहरी उपमहानगरपालिकाको स्वास्थ्य प्रमुख रामशरण चौधरीले कानुन अभावले अनुगमनमा समस्या भईरहेको बताए । हामीलाई अहिलेको कानुनले कार्वार्ही गर्ने अधिकार दिएको छैन, हामीले सम्झाई बुझाई मात्र गर्नुको विकल्प छैन । इटहरीमा मापदण्ड अनुसारको मासु पसल थोरै मात्र भएको स्वीकार गरे ।
अघिल्लो बर्ष ढक तराजुमा ठगी समेत भईरहेको बताउँदै चौधरी भन्छन् मुल्य सुची समेत हुदैन सामान्य मापदण्ड पनि पुरा नगरेको देखिएको भन्दै यो अनुगमनलाई अलि कडाई गर्ने तयारीमा छौ । अघिल्लो बर्ष सचेत गराएका मासु पसलहरुलाई यो पटक पनि मापदण्ड पुरा नगर्नेलाई दण्ड जरिवना गर्ने तयारी गरेका छौ उनले भने ।
इटहरी बजारभरि जथाभावी सामान्य मापदण्ड समेत पूरा नगरी मासु पसलहरू सञ्चालनमा आए पनि इटहरीमै कराडौं लगानीमा इटहरीमा निर्माण भएको व्यवस्थित वधशाला सञ्चालनमा आउँन नसकेको छैन । चार्डपर्ब नजिकिदै जाँदा उपभोत्ताहरु चरम ठगीको शिकार हुने क्रम बढेको छ । प्रभावकारी रुपमा बजार अनुगमन नहुँदा उपभोत्ताहरु ठगिँदै आएका छन ।
अधिकांस पसलमा मुल्य सुचि छैन
इटहरीका अधिकांश खाद्यन्न बिक्रि गर्ने पसलमा मुल्य सुची टाँसिएको छैन भने अधिकांश पसलहरुमा मनपरी मुल्यमा सामान बिक्रि गर्ने गरिएको छ । मासु पसल,किराना,फेन्सी लगायतका कुनै पनि पसलमा मुल्यसुची नटाँसिदा ग्राहक तथा उपभोत्ताहरुले चर्को मुल्य तिर्न बाध्य भएका छन ।
चाडपर्वमा सामानको भाऊ हवात्तै बढेको छ,तरपनि अनुगमन गर्ने निकायहरु निश्क्रिय नै देखिन्छन । अधिकांस पसलहरुमा मुल्य सुची सँगै बजार समेत दर्ता नगरि कर नतिरी सञ्चालन हुदै आएको छ । अधिकांस मासु पसलहरु करमा समेत दर्ता नभएको इटहरी उपमहानगरपालिकाले स्वीकार गरेको छ । सञ्चारपाटी