अमृत अर्याल, स्याङजा ।
स्याङ्जास्थित गल्याङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। २ वर्षीया बालिका कञ्चन परियारसहित दुई जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । मृत्यु हुने अन्य २ जनाको सनाखत हुन सकेको छैन् ।
पाल्पाको हुँगीबाट गल्याङ जाँदै गरेको लु १ ज ३८४१ नम्बरको जीप दुर्घटना भएको हो। जीपमा २३ यात्रु सवार थिए।
घाइते १४ जनाको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा र ५ जनाको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सामान्य घाइते एकको स्याङ्जास्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जानकारी दिनुभयो ।
उनले भने, ‘चालकका भाई सुदिप दर्जीले जीप चलाएका कारण दुर्घटना भएको हो । क्षमता भन्दा बढी यात्रु राख्दा जीप अनियन्त्रित भई ४ सय मिटर तल खसेको छ ।’
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।नेपाल समाचारपत्रबाट ।