नेपाली सेनाको जनता आवास निर्माण कार्यदलले हावाहुरी पीडितले घरको लागत प्रतिघर चार लाख ८५ हजार रुपैयाँ रहेको प्रतिवेदन पेस गरेको छ ।
सरकारले प्रतिघर निर्माणका लागि पाँच लाख ४५ हजार ९८५ रुपैयाँ ८८ पैसाका दरले रकम उपलब्ध गराएको थियो । कटिन्जेन्सी र निर्माण सामग्रीबाट सेनाले प्रतिघर ६१ हजार एक सय रकम बचत गर्न सफल भएको छ । सेनाको जनता आवास कार्यदलले निर्माण गरिदिएको घरमा दुई कोठा, एक भान्सा, एक शौचालय, बरण्डा छन्।
सरकारले बाराका ८०७ र पर्साका ६२ गरी ८६९ घरको प्रमाणपत्र तथा नक्साको कागजसहित हुरीपीडितलाई घर उपलब्ध गराएको हो । गोरखापत्रमा छ ।