खेलकुद

कतार विश्वकपको प्रतिक दोहा, लन्डन र न्युयोर्कबाट अनावरण

एजेन्सी – एसियाली राष्ट्र कतारमा २०२२ मा आयोजना हुने फिफा विश्वकपको प्रतिक दोहा, लन्डन र न्युयोर्कबाट अनावरण गरिएको छ ।

विश्वकपको प्रतिक कतारको राजधानी दोहा, लन्डनको लेस्टर स्क्वायर, न्युयोर्कको टाइम्स स्क्वायर, फ्रान्सको गरे डु नर्ड पेरिसँगै विश्वको २७ मुख्य शहरबाट अनावरण शुरु गरिएको हो । कतार विश्वकपको दोस्रो चरणको पहिलो खेलहरु आजबाट शुरु हुदैछ ।

कतार विश्वकपको प्रतिकअरब संस्कृतिको आधारमा वुलन शलमा विन्टर सिजनको रिफ्लेक्ट हुने गरी निर्मित गरिएको छ ।

पहिलोपटक विन्टर सिजनमा हुने कतार विश्वकप २१ नोभेम्वरमा शुरु भएर १८ डिसेम्वरमा समापन हुनेछ । १८ डिसेम्वर कतारको राष्ट्रिय दिवस हो ।

कतारले २०१० मा नै २०२२ मा विश्वकप आयोजना गर्ने अधिकार पाएको थियो । विश्वकप आयोजनाको लागि अमेरिका, अस्ट्रेलिया, दक्षिण कोरिया र जापानलाई भोटिङमा पछि पारेको थियो ।हाम्रो खेलकुद

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button