खबर

प्रतिगमनकारीले टाउको उठाउन थालेका छन्ः प्रचण्ड

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समयदेखि प्रतिगमनकारीले टाउको उठाउन थालेको बताएका छन् ।सत्ता सन्चालन गरिरहेका जनप्रतिनिधिहरु ‘एक्सन’मा नजाने हो भने प्रतिगमनकारीले ‘रियाक्सन’ गर्ने खतरा देखिन थालेको पनि प्रचण्डले बताए ।

समता फाउण्डेशनले बिहीबार काठमाडौंमा आयोजना गरेको तीनै तहका सरकार र संसदका जनप्रतिनिधिहरुको भेलालाई सम्बोधन गर्दै प्रचण्डले धर्म र अन्य असन्तुष्टिका नाममा संघीय गणतन्त्र र धर्म निरपेक्षतामाथि आक्रमण हुन थालेको बताए ।
कांग्रेस सभापति शेरबहादुर देउवा र समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईसमेत सहभागी कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डले भने, ‘हिजो जनआन्दोलन र जनयुद्धबाट सत्ताच्युत गरिएका मान्छे चलमलाउन थालेका छन् । तर त्यस्ता प्रवृतिविरुद्ध हामी सबै राजनीतिक पार्टी एक ठाउँमा छौं भन्ने सन्देश त दिएका छौं । तर हामी जनप्रतिनिधिहरुले एक्सनमा गएर जनताको आकांक्षा पूरा गर्न थालेनौं भने अर्कोले रियाक्सन गर्छ र त्यो धेरै महँगो पर्छ ।’

जनयुद्धमा दलित र सिमान्तकृत समुदायलाई नेतृत्वमा ल्याउन आफूले भूमिका खेले पनि परिवर्तनपछि उत्पीडित समुदायलाई अधिकारसम्पन्न बनाउन नसकेको स्वीकार गर्दै प्रण्डले संविधान संशोधन गरेरै भएपनि उनीहरुलाई अधिकार सम्पन्न गर्न सकिने धारणा राखे ।

कार्यक्रममा कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाले दलितलाई अधिकार दिलाउने सवालमा आफूले बिगतमा राजनीतिक पार्टीभित्रै पहिलोपटक समावेशिता लागु गरेको बताए । सरकारले दलित अधिकार स्थापित गर्ने कुनै कानून बनाउन चाहे कांग्रेसको समर्थन रहने देउवाले बताए ।

पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले अहिलेको संविधानबाट दलितलाई अधिकार दिलाउन गाह्रो रहेको भन्दै निर्वाचन प्रणाली नै फेर्नुपर्ने बताए ।jhilko.com/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button