खबर

मेलम्चीमा झडप हुँदा २ जना घाइते

न्युज अफ नेपाल, सिन्धुपाल्चोक । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनामा झडप हुँदा २ जना घाइते भएको छन्। घाइते हुनेमा मजदुरहरु सन्तोष चौधरी र बालमुकुन्द अधिकारी रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

आयोजनाको सामान तोडफोड गर्न खोजेपछि झडप भएको हो। प्रदर्शन नियन्त्रणमा लिनका लागि प्रहरीले रबरको गोली र १० राउण्ड अश्रुग्यास प्रहार गरेको बताइएको छ । आयोजनाको निर्माण कम्पनी सिएमसीले काम छोडेर भागेपछि स्थानीयले रकम पाएका छैनन्।

सरकारले नयाँ टेण्डर प्रक्रियाबाट नयाँ निर्माण कम्पनीलाई काम जिम्मा दिएपछि स्थानीय बासी आन्दोलित भएका हुन्। स्थानीयले आफूले पाउने रकमको टुङ्गो नभएसम्म आयोजनाको काम अगाडि बढाउन नदिने चेतावनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button