मूल खबर

सिलिगुडीदेखि काठमाण्डौको सिधा बस सेवा संझौता बिपरित

तत्काल सेवा बन्द गर्नु पर्नेमा बक्ताहरुको जोड
काकरभिट्टा,
झापाको प्रदेश १ का सांसद श्रीप्रसाद मैनालीले भर्खरै सञ्चालनमा आएको भारतको सिलिगुडीदेखी काठमाण्डौको सिधा बस सेवा नेपाल र भारत बिच भएको सम्झौता बिपरित सञ्चालनमा आएको बताएकाछन् ।

नेपाल भारत मैत्री यातायात सञ्चालनका लागि भएको सम्झौतामा भारत र नेपालका पर्यटकीय र ऐतिहासिक महत्व बोकेका शहर बिच सिधा बस सेवा सञ्चालन गर्ने भनिएको भए पनि भारतको सिलिगुडि कुनै धार्मिक र ऐतिहासिक महत्व बोकेको शहर नभएकाले त्यहाँबाट काठमाण्डौ सिधा बस सञ्चालन गर्नु सम्झौता बिपरित भएको सांसद मैनालीले जिकिर गरेकाछन् ।

यस बिषयमा आफुले प्रदेश सभामा समेत समय लिएर कुरा राखेको र सम्बन्धीत मन्त्री र प्रदेश सरकारको पनि ध्यानाकर्षण गराएको उनले बताए । मैनालीले आफुले यातायात ब्यवशायी महासंघ र केन्द्र सरकारको समेत ध्यानाकर्षण गराएको र सरकारले यो बिषयलाई गभ्भिरता पुर्वक हेरेको समेत बताएकाछन् ।

सिलिगुिड काठमाण्डौ बस सञ्चालनको बिरोधमा काँकरभिट्टाका स्थानीय ब्यवशायीहरुले गठन गरेको काकरभिट्टा बचाउ सरोकार समितिले बिहिबार आयोजना गरेको सर्बपक्षिय छलफलमा बोल्दै यातायात ब्यवशायी समेत रहेका क्षेत्र नम्बर १ क बाट प्रदेश सांसद रहेका मैनालीले पुर्वी नाकाका लागि घातक बताएकाछन् ।

छलफल कार्यक्रममा बोल्ने बक्ताहरुले सिलिगुडी काठमाण्डौ बस सञ्चालनले यस क्षेत्रको यातायात क्षेत्र मात्र होईन समग्र क्षेत्रमा नै नकरात्मक असर पर्ने भएकाले यो बस सेवा तत्काल स्थगित गर्नु पर्ने कुरामा जोड दिएका थिए ।

सारोकार समितिका संयोजक ज्ञानेन्द्र घिमिरेले छलफलको औचित्यमाथी प्रकाश पारेका थिए। उक्त कार्यक्रममा मेचीनगर ६ का वडा अध्यक्ष ललितबहादुर तामाङ, नेकपा मेचीनगरका सचिव राजु पोखरेल, काँग्रेस मेचीनगरका उपसभापति सुरेन्द्र बुढाथोकी लगायतले मेचीनगरको आर्थिक गतिबिधिमा नै तहसनहस हुने गरि सञ्चालन भएको सिलिगुडि काठमाण्डौ बस सेवा तत्काल बन्द गर्नु पर्नेमा जोड दिएका थिए ।

काकरभिट्टा बचाउ सरोकार समितिका संयोजक ज्ञानेन्द्र घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा भुपाल सिवाकोटीले स्वागत मन्तब्य राखेका थिए भने केशब गिरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button