खबर

काँग्रेस प्रदेश क्षेत्रिय सभापतिमा फ्याक र पोखरेल सर्बसम्मत चयन

धुलाबारी
नेपाली काँग्रेस झापा क्षेत्र नम्बर १ अन्तर्गतको प्रदेश क्षेत्रिय समितिको सभापतिमा हर्क फ्याक र सिता पोखरेल सर्बसम्मत चयन हुनु भएको छ ।

केन्द्रीय प्रतिनिधिहरु हरि अधिकारी र बिजय ढुंगाना सहितको आज सम्पन्न क्षेत्रिय कार्यसमितिको बैठकबाट प्रदेश क क्षेत्रिय सभापतिमा हर्क फ्याक र प्रदेश ख क्षेत्रिय सभापतिमा सिता पोखरेल सर्बसम्मत चयन हुनु भएको नेपाली काँग्रेस संघिय क्षेत्रिय सभापति मणिकुमार उप्रेतीले रेडियो साथीलाई जानकारी दिनु भयो ।

नेपाली काँग्रेसले संघिय संरचना अनुसार पार्टीको समितिलाई ब्यवस्थापन गर्ने सम्बन्धमा भर्खरै जारी गरेको क्षेत्रिय समिति समायोजन तथा गठन निर्देशिका बमोजिम फ्याक र पोखरेल सर्बसम्मत प्रदेशका क्षेत्रिय सभापतिमा चयन हुनु भएको उप्रेतीले बताउनु भयो ।

संघिय क्षेत्रमा रहेका पदाधिकारी र सदस्यहरु आ आफ्नो प्रदेश क्षेत्रिय समितिका सदस्यहरु हुने ब्यवस्था निर्देशिकाले गरेकाले सोही अनुसार प्रदेश क्षेत्रिय समितिका सदस्यहरु रहने संघिय क्षेत्रिय सभापति उप्रेतीले बताउनु भयो ।

प्रदेश क क्षेत्रिय सभापतिमा चयन हुनु भएका हर्क फ्याक नेपाली काँग्रेस १ नम्बर संघिय क्षेत्रिय समितिका उपसभापति र प्रदेश ख क्षेत्रिय सभापति चयन हुनु भएका सिता पोखरेल संघिय क्षेत्रिय समितिको कोषाध्यक्ष हुनु हुन्छ ।radiosathi/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button