मूल खबर

पुरुष वर्चश्वको मारमा महिला

मुक्ति पौडेल

झापा / मानवताविरुद्धको अपराध चेलीबेटी बेचबिखन, ओसारपसार तथा हिंसा अन्त्यको मुख्य उद्देश्यले बिहीबार देशव्यापी रुपमा १३ औं राष्ट्रिय दिवस औपचारिक रुपमा सुरु भएको छ ।
२०६३ सालबाट यो दिवश प्रत्येक वर्ष औपचारिक तामझामका साथ मनाइन्छ । तर, यसले दिने परिणाम खासै प्रभावकारी देखिँदैन् । यसकै सन्दर्भमा बिहीबार नेपालको पूर्वी प्रवेशद्धार काँकरभिट्टामा पनि तामझामका साथ यो दिवश मनाइयो । सरोकारवाला निकायका सदस्यहरुले आ–आफ्ना धारणा राखे तर, कतिपय विषय भन्दा फरक अभिव्यक्तिले अझै पनि विषयको गाम्भीर्यतालाई खासै महत्व दिइएको पाइएन ।
विषय मानवताविरोधी अपराधको हो । र, कार्यक्रममको महत्व र त्यसले दिने सन्देश साथै, विषयवस्तुको अध्ययनसँगै समावेशिताको महत्व देखिएन । चेलीबेटी बेचबिखन र ओसारपसारसँगै हिंसाको कहाली लाग्दो घटनाहरु बढ्दो क्रममा छन् । तर, औपचारिक कार्यक्रमको मञ्चमा पुरुषहरुको हालीमुहाली देखेर त्यो क्षेत्रमा निरन्तर काम गरिरहेका महिला अभियन्ताहरुलाई न त सम्मान नै दिइयो । न त उनीहरुलाई विचार राख्ने मौका नै दिइयो । यसले प्रष्ट हुन्छ की अहिले पनि समावेशिता र विषयसँग युद्ध लडिरहेका र पीडाबाट तड्पिइरहेकाहरुको आवाजलाई दबाइएको छ । ‘आयोजकले मलाई केही महिला दिदीबहिनीहरु लिएर तपाईं कार्यक्रममा सहभागी बन्न आग्रह गरेको थियो’ महिला जनचेतना केन्द्रकी अध्यक्ष राधा प्रधान कार्कीले भनिन्–‘तर, त्यहाँ महिलाहरुलाई डायसमा कल गरियो, नत त्यो क्षेत्रको प्रतिनिधित्व गरेर लामोसमय कार्यसम्पादन गरेको अनुभव र धारणा राख्ने अवसर नै दिइयो ।’
यो त प्रतिनिधि घटना मात्र हो । यस्तो महत्वपूर्ण कार्यक्रममा जुन क्षेत्रका विज्ञ र अभियन्तालाई सम्बोधन गरिएन यसप्रति म दुखिःद छु । कसको लागि थियो त त्यो कार्यक्रम अनि ती पीडाबाट को बढी प्रताडित छ र नियन्त्रणका लागि कसले लामोसमयदेखि विभिन्न बाधा अड्चनलाई पन्छाउँदै संघर्ष गरिरहेको छ , त्यसको समेत ख्याल नगरी गरिने कार्यक्रम र त्यसले दिने सन्देश कस्तो होला भन्ने मलाई लागेको छ । संविधानले दिएको अधिकारलाई कार्यान्वयन पक्षले अवसरबाट बञ्चित गराउँदै आएको छ । तर, म भन्न चाहन्छु तिलले पहाड छेक्न सक्दैन ।
सामाजिक क्षेत्रमा जीवनको उर्वर समय व्यतित गरेकी बिना तामाङ भन्छिन् ‘अहिले पनि समाज महिलालाई विभिन्न बहानामा नजानेजस्तो गरेर कानूनले दिएको अधिकारलाई समेत कुण्ठित गर्दै महिला समावेशिताको प्रतिनिधित्व गराउन चाहँदैन ।’ बिहीबार काँकरभिट्टामा भएको महिलासँग सम्बन्धित कार्यक्रमले त्यसको झल्को दिएको छ । त्यसप्रति ममात्र होइन महिलाका समस्यामा अहोरात्र आफूलाई विभिन्न आरोह अवरोहकाबीच उभ्याउने महिला अभियन्ताहरुको मन दुख्नु स्वभाविक हो । ठूल्ठूला सभा सम्मेलनमा महिलाका समानताका कुरा र कानूनी प्रक्रियालाई कार्यान्वयन गर्ने प्रतिबद्धता हुन्छन् । तर, ती कुरा प्रतिबद्धतामै सीमित हुने गरेका छन् । हरेक महिलाका समस्या महिला अभियन्ताहरुले नै पहिलो चरणमा फेस गर्नुपर्छ त्यस कारण पनि महिला अभियन्ताहरु यि विषयमा कानूनी र व्यवहारिक रुपमा जानकार हुन्छन् भन्ने विश्वास सरोकारवालाहरुलाई थाहा नहुन सक्छ । तर, सत्य त्यही हो महिलाका समस्या र अधिकारका लागि महिलाहरु नै लड्नुपर्छ ।janasamsaddaily/from

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button