कृषि र किसानखबर

दूधको भाउ ६ रुपैयाँ बढ्यो

सरकारको स्वीकृतिमा दुग्ध विकास संस्थानको दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिहीबार दूधको मूल्य वृद्धि गर्ने निर्णय गरेको मन्त्रालयका सहप्रवक्ता प्रदिपचन्द्र भट्टराईले जानकारी दिए ।

‘हामीले मन्त्रालयमा निर्णय गरी दुग्ध विकास संस्थानलाई स्वीकृति दिएका छौँ’ भट्टराईले भने, ‘अब त्यसलाई संस्थानले कार्यान्वयन गर्छ ।’

उत्पादन लागतका आधारमा उचित मूल्य नपाएको भन्दै मूल्य नबढाए आन्दोलन गर्ने किसानले चेतावनी दिएपछि सरकारले स्वीकृति दिएको हो ।

७० रुपैयाँ लिटरमा बिक्री हुँदै आएको दूधको उपभोक्ता मूल्य ७६ रुपैयाँ पुग्नेछ ।  नागरिक दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button