कला

कति छ प्रभासको सम्पत्ति ?

दक्षिण भारतीय फिल्म ‘बाहुबली’ का प्रमुख पात्र प्रभास अभिनित नयाँ फिल्म ‘साहो’ अहिले प्रदर्शन भैरहेको छ । यो फिल्मले सुखद प्रतिक्रिया प्राप्त गर्न चुके पनि बक्सअफिसमा भने तगडा व्यापार गरिरहेको छ । ‘बाहुबली’ फिल्म गरेपछि प्रभासको करिअर उचाइमा पुगेको हो । सन् १९७९ मा जन्मेका उनका पिता एक फिल्म निर्माता हुन् ।

उनी पेशाले एक्टर भएपनि पढाइ इन्जिनियरिङमा गरेका थिए । २२ वर्षको उमेरमा उनले तेलुगु फिल्ममा डेब्यु गरेका हुन् । उनको पहिलो फिल्म ‘इश्वर’ हो । उनको वार्षिक आम्दानी ३.२ मिलियन डलर रहेको छ । उनी एउटा फिल्म खेलेबापत २१ देखि ३० करोड भारतीय रुपैयाँ लिने गर्छन् ।

उनको नेटवर्थ १९.१–२४.५ मिलियन डलर रहेको छ । सन् २०१६ मा उनले ७ करोड ट्याक्स तिरेका थिए । उनीसँग २.८२ करोड भारतीय रुपैयाँ पर्ने कस्टम रेन्ज रोभर, १.४४ करोड भारतीय रुपैयाँ पर्ने मर्सिटिज बेन्ज एस–क्लास, ८ करोड भारतीय रुपैयाँ पर्ने रोयल्स रोयस फ्यान्टम र १.२४ करोड भारतीय रुपैयाँ पर्ने जागुएर एक्सजे–एल कारहरु छन् ।

त्यस्तै, उनी बाइकका पनि निकै सौखिन हुन् । उनीसँग ७ लाख भारतीय रुपैयाँको होन्डा सिभिआर ६०० आरआर बाइक छ । ६ हजार स्वियारफिटमा फैलिएको आन्ध्र प्रदेशमा जुभिन हिलको एक आलिसान घरमा उनी सपरिवार बस्ने गर्दछन् ।एजेन्सी /flimkhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button