जिम्बाबेका पूर्वराष्ट्रपति रोबर्ट मुगावेको ९५ वर्षको उमेरमा निधन भएको छ । उनी पाँच महिनादेखि उपचारको क्रममा सिंगापुरमा रहेका थिए, उपचारकै क्रममा उनको निधन भएको हो ।
तीन दशक जिम्बाबेको शासक बनेका उनी सन् २०१७ को नोभेम्बरमा सेनाले अपदस्थ गरेपछि उनी सत्ताबाट बाहिरिएका थिए ।
सन् १९८० मा मुगावे जिम्बाबेको प्रधानमन्त्री निर्वाचित भएपछि प्रधानमन्त्री प्रणाली हटाउँदै उनी सन् १९८७ मा राष्ट्रपति बनेका हुन् ।
१९६४ मा रोडेसिया सरकारको आलोचना गरेका कारण उनले एक दशकभन्दा बढी समय जेल बस्नुपरेको थियो ।