मूल खबर

नेपाली समाजको गन्तव्य भनेकै समाजवादः नेता खनाल

विरेन्द्र न्यौपाने

भद्रपुर / पर्यटन वर्ष–२०२० लाई सफल बनाउने उद्देश्यसहित भद्रपुरमा नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलन शुक्रबारदेखि सुरु भएको छ ।
भद्रपुर–६ स्थित सिटी गार्डेन होटल परिसरमा नेपाल जेसीजको आयोजना तथा भद्रपुर जेसीजको आतिथ्यमा जेसीज क्षेत्र ‘क’ सम्मेलन सुरु भएको हो ।
सम्मेलनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले नेपाली समाजको गन्तव्य भनेकै समाजवाद ल्याउनु रहेको बताए ।
‘त्यो विषय हामी सबैको साझा संविधानमै उल्लेख छ, समाजवाद कसरी आउँछ, समाजवादमा हामी कसरी पुग्छौं’ उनले भने–‘वास्तवमा अहिलेका युवा पुस्ताले यसलाई गम्भीर रुपमा सोच्नुपर्ने हुन्छ ।’
संविधानले दिएको अधिकार अनुसार लोकतन्त्रलाई संरक्षण गर्दै अघि बढनुपर्नेमा जोड दिँदै नेता खनालले भने–‘‘जोसँग धन छैन, उसले निर्वाचन लड्न सक्दैन, उ जनताको प्रतिनिधि बन्न सक्दैन, त्यसैले देशको निर्वाचन प्रणालीलाई सुधार गर्न जरुरी छ, अनि मात्र लोकतन्त्र व्यवस्थित र बलियो हुन्छ ।’
देश समाप्त हुन्छ की भन्ने प्रसंगमा उनले भने–‘देशको राष्ट्रियता अझैपनि कमजोर छ, लामो समयदेखि राष्ट्रियतालाई कमजोर बनाउने काम भएको छ, तर, हामी नेपालीहरु देशभक्त छौं, जनताको संघर्ष, प्रतिकार, प्रतिरोधबाट राष्ट्रियतालाई विस्तारै बलियो बनाउने दिशामा अघि बढाएका छौ ।”
नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष तथा क्षेत्र ‘क’ सम्मेलनका सभापति रविन पोखरेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष महेश पौडेल, प्रदेश सांसद्द्धय बसन्त बानियाँ, ओमप्रकाश सरावगी, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, समाजसेवी दिनबन्धु गोयल, जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष उत्तरकुमार चापागाईंलगायतले मन्तव्य राखेका थिए। कार्यक्रममा समाजसेवी तथा दाता दिनबन्धु गोयललाई नागरिक अभिनन्दन गरिएको थियो । त्यस्तै, भद्रपुर नगरपालिकाका उपप्रमुख चन्द्रमाया श्रेष्ठ, उद्योगी पर्शुराम अग्रवाल र कृष्ण दाहाललाई मानार्थ सदस्यता प्रदान गरिएको थियो ।
सो कार्यक्रममा समाजसेवी दिनबन्धु गोयलले क्यान्सर पीडित परिवारका सदस्य गीता सहनीलाई नगद हस्तान्तर गरेका थिए । शनिबारसम्म सञ्चालन हुने जेसीजको क्षेत्र ‘क’ सम्मेलनमा ४० वटा शाखाबाट ५ सय सदस्य र पर्यवेक्षक १ सय ५० गरी ६ सय ५० बढी जेसीजकर्मीहरुको सहभागिता छ ।
सम्मेलनमा सैलुन, जुत्ता पोलिस, व्युटि पार्लर, साना नानीहरूलाई खाना खुवाउने छुट्टै स्थान, प्राथमिक उपचार समेतको निःशुल्क व्यवस्था गरिने छ भने सःशुल्क रूपमा विशेषतायुक्त खानपिनका स्टल राखिएको सम्मेलनका निर्देशक बसन्त पोखरेलले जानकारी दिए ।janasamsad0nline/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button