खबर

सिधा बस सेवा तत्काल बन्द नगरे आन्दोलन गर्ने चेतावनी

काँकरभिट्टा । भर्खरै सञ्चालनमा आएको भारतको सिलिगुडीदेखि काठमाडौँको सिधा बस सेवा नेपाल–भारतबीच भएको सम्झौता विपरीत भएको भन्दै त्यसलाई तत्काल रोक्न माग गर्दै शुक्रबार काँकरभिट्टामा स्थानिय ब्यापारी र ब्यबसायी लगायतले प्रदर्शनगरेकाछन् ।

काँकरभिट्टाका स्थानीय व्यवसायीहरुले गठन गरेको काँकरभिट्टा बचाउ सरोकार समितिको आयोजना गरेको विरोध प्रदर्शनमा मेचीनगरका विभिन्न व्यवसायीहरुको सहभागिता रहेको थियो । नारावाची गर्दै काँकरभिट्टा बजारको परिक्रमा गरेको र्याली मिनि मार्केटमा आएर सभामा परिणत भएको थियो ।

नेपाल–भारतमैत्री यातायात सञ्चालनका लागि भएको सम्झौतामा भारत र नेपालका पर्यटकीय तथा ऐतिहासिक महत्व बोकेका सहरबीच सिधा बस सेवा सञ्चालन गर्ने भनिएको भए पनि भारतको सिलिगुडी कुनै धार्मिक र ऐतिहासिक महत्व बोकेको सहर नभएकाले त्यहाँबाट काठमाडौँ सिधा बस सञ्चालन गर्नु सम्झौता विपरीत भएको सहभागी व्यवसायीहरुको जिकिर रहेको थियो ।

बिरोध कार्यक्रममा बोल्ने वक्ताहरुले यो सेवा सञ्चालन भए पूर्वी नाका तहस नहस हुने बताए ।उनीहरुले सिलिगुडी–काठमाडौँ बस सञ्चालनले यस क्षेत्रको यातायात क्षेत्र मात्र होइन समग्र क्षेत्रमा नै नकारात्मक असर पर्ने भएकाले यो बस सेवा तत्काल स्थगित गर्न माग गरेका थिए । मेचीनगरको आर्थिक गतिविधि नै तहसनहस हुने गरी सञ्चालन भएको सिलिगुडी–काठमाडौँ बस सेवा तत्काल बन्द नगरे जस्तोसुकै आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका थिए । कोणसभामा सरोकार समितिका संयोजक ज्ञानेन्द्र घिमिरे, होटलव्यवसायीहरुकातर्फबाट ध्रुव गिरीलगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button