खबर

तपोभूमि बडिमालिकामा केबुलकारको अध्ययन सुरु

प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बडिमालिकामा केबुलकार निर्माणका लागि सम्भावना अध्ययन सुरु गरिएको छ । बडिमालिका नगरपालिकाले केबुलकार निर्माणका लागि छलफल तथा सम्भाव्यता अध्ययन सुरु गरेको बडिमालिकाका नगर प्रमुख पदम बढुवालले जानकारी दिए ।

उनका अनुसार नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्न चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

पूर्वप्रारम्भिक अध्ययनले केबलकारको दूरी ४.८६ किलोमिटर हुनेछ । बडिमालिका १४ हजार फिट उचाईमा रहेको छ ।  गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button