खबर

बात्सुयाईको गोलमा बेल्जियमको जित

एजेन्सी – कप्तान तथा मुख्य खेलाडी इडेन हजार्डको अनुपस्थितिमा मिचेल बात्सुयाईले दुई गोल गरेपछि बेल्जियमले युरोकप छनोटमा सहज जित निकालेको छ ।

बेल्जियनले सानमारिनोलाई उसकै मैदानमा ४–० को सहज जित निकालेको हो । ड्रिएस मेर्टिन्स र नासिर चाड्लीले समान एक गोल गरे ।इंग्लिस क्लब चेल्सीमा फ्रान्क लाम्पार्ड प्रशिक्षकको रुपमा आएपछि कमै मौका पाएका बात्सुयाईले खेलको ४३औं मिनेटमा गोल गर्दै बेल्जियमलाई पहिलो हाफमा १–० को जित दिलाए । पेनाल्टी बक्समा मिर्काे पालाजीले ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा बात्सुयाईले कुनै गल्ती गरेनन् ।

५७औं मिनेटमा ड्रिएस मेर्टिन्सले गोल गर्दै बेल्जियमको अग्रता दोब्बर पारे । ६३औं मिनेटमा नासिर चाड्लीले गोल गर्दै बेल्जियमको ३–० को जित सुनिश्चित गरे । जितसँगै समूह ‘आइ’ मा बेल्जियन अपराजित रहँदै ५ खेलबाट १५ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । सानमारिनो अंकविहीन हुदै पुछारमा छ ।

यही समूहको अर्काे खेलमा रसियाले स्कटल्यान्डमाथि उसकै मैदानमा २–१ को पुनरागमन जित निकाल्यो । खेलको ११औं मिनेटमा जोन म्याकजिनको गोलबाट घरेलु टोली स्कटल्यान्ड अघि बढेको थियो ।

४०औं मिनेटमा अर्टि ज्युभाले बराबरी गोल फर्काए । ५९औं मिनेटमा स्टेफेन ओ डोनेलले आत्मघाती गोलबाट रसिया खेलमा २–१ ले अघि बढेको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा रसिया २–१ ले विजयी हुन सफल भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button