खेलकुद

सेरेनालाई पराजित गर्दै वियान्काले जितिन् पहिलो ग्रान्डस्लाम उपाधि

एजेन्सी – अमेरिकी सेरेना विलियम्सलाई पराजित गर्दै क्यानडाकी वियान्का एन्ड्रेस्कुले पहिलो ग्रान्डस्लाम उपाधिको रुपमा युएस ओपन टेनिसको उपाभि जितेकी छन् ।

न्युयोर्कमा शनिबार राति भएको खेलमा १५औं वरीयता प्राप्त १९ वर्षीय वियान्काले आठौं वरीयताकी सेरेनालाई ६–३ र ७–५ ले पराजित गर्दै पहिलो ग्रान्डस्लाम उपाधि जित्न सफल भएकी हुन् । सेरेनालाई पराजित गर्न वियान्काले १ घन्टा ४० मिनेट मात्रै समय खर्चिइन् । वियान्कासँग पराजित भएसँगै ३७ वर्षीय सेरेनाको २४औं ग्रान्डस्लाम जित्ने सपना तुहिएको छ ।

उनी क्यानडाबाट ग्रान्डस्लाम जित्ने पहिलो महिला खेलाडी समेत बनेकी छन् । यस्तै उनी २००४ पछि ग्रान्डस्लाम जित्ने पहिलो टिनेज खेलाडी बनेकी छन् । २००४ मा रसियन मारिया सारापोभाले टिनेजमा विम्वलडनको उपाधि जितेकी थिइन् । यस्तै २००६ मा सारापोभाले युए ओपन जितेकी थिइन् ।

सुरुवाती सेटदेखि नै सेरेनाविरुद्ध आत्मविशवासी भएर खेल्दा जित हात पार्न सकिएको र यसवर्ष सपना साकार भएको वियान्काले समर्थकमाझ बताएकी छिन् । ‘म कृतज्ञ र साँच्चिकै धन्य छु । यो क्षणको लागि मैले कडा मिहनेत गरेको छु । सेरेनासँग यो चरणमा खेल्नु मेरो लागि अचम्म बाहिरको कुरा हो ।’ वियान्काले भनिन् । यता, लगातार चार मुख्य उपाधिबाट चुकेकी सेरेनाले वियान्काले अविश्वनीय खेल खेलेको बताइन् ।harmokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button