सुमधुर स्वरकी धनी गायिका अनुपमा प्रधानको अर्को सांगीतिक कोशेली ‘ शिशु झुलनामा ’ भर्खरै मात्र श्रोतामाझ आएको छ । नेपालको चर्चित सांगीतिक अवार्ड ईमेज अवार्डको यस वर्षको बेष्ट भोकल परफमेन्समा समेत मनोनयनमा परिसकेकी गायिका अनुपमाले यो गीतमा आफ्नो सृजनात्मक कौशललाई कुनै कसि नराखी भरपुर उपयोग गरेको देखिन्छ ।
शब्द संगीत रबिन वान्तवा खाहोङ राईको रहेको ‘ शिशु झुलनामा ’ भन्ने शीर्ष गीतमा एरेन्ज मिक्सिङ, माष्टरिङ अजनिस राईको रहेको छ । शिशु जिवन र झुलन अर्थात कोक्रो को सामिप्यता अनि सम्बन्धलाई उच्च ढङ्गले परिभाषा गर्दै कथिएको गीतमा गीतको भाव र आख्यानको मर्मलाई संगीतकारले शब्द भित्र मनलाई जोडेर संगीत भरेको पाईन्छ । यसै पनि शालिन र मिठास कण्ठकी धनी अनुपमा गीत अक्सर सबै जसो जिवन र जगतकै सम्बन्धमा बाँधिएका त हुन्छनै त्यसैको उचाईलाई थप्ने अर्को गतिलो कडिको रुपमा आएको छ उनको यो अर्को भेट ‘ शिशु झुलनामा ’। मानव जिवनको त्यो एउटा कालखण्ड शिशु जो आफैमा स्नेह, ममता, प्रेमको अनुपम संगम मानिन्छ । वास्तवमा शिशु झुलनामा एउटा यस्तो गीत पनि हो यस्तो एउटा जिवनको कथा हो जो सबैलाई आफ्नो जिवनलाई नियाल्न लगाउने एउटा सत्य पनि हो ।