खबर

संदनमा गर्जिए सांसदः डेंगु नियन्त्रण गर्न असफल, स्वास्थ मन्त्रालय बेखबर

काठमाडौं । पछिल्लो समय देशका ४८ जिल्लामा भेटिइसकिएको डेंगु रोग तिब्र रुपमा फैलिँदै जाँदा रोग नियन्त्रण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय गम्भीर बन्न नसकेको भन्दै सांसदहरु संसदमा गर्जिएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैककको शून्य समयमा सांसदहरुले रोग नियन्त्रणमा मन्त्रालयको प्रयासका बारेमा मन्त्रीले सदनमा जानकारी दिन निर्देश गर्न सभामुखसित आग्रह गरे। सांसद कृष्णगोपाल श्रेष्ठले आइतबार काठमाडौंको नयाँ सडक निवासी ७६ वर्षीया एक वृद्धाको डेंगु रोगका कारण निधन हुनपुगेको जानकारी गराउँदै डेंगु नियन्त्रणमा सरकार कमजोर रहेको बताए ।

सांसद डिला सङ्ग्रौलाले देशका ४८ जिल्लामा फैलिएको डेंगु नियन्त्रण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय असफल रहेको आरोप लगाउँदै डेंगु रोगका बारेमा मन्त्रीले दिएका सार्वजनिक भनाइ आपत्तिजनक रहेको बताइन्।

सांसद पुष्पा भुषाल बोल्दै काठमाडौंमा नै प्रकोपका रुपमा फैलिएको डेंगु नियन्त्रण गर्न सरकार असफल बनेको बताइन्। सांसद नरमाया ढकालको भनाई पनि उस्तै रह्यो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय डेंगुका करण ४८ जिल्लामा फैलिएको, ३ हजारभन्दा बढी सङ्क्रमित हुन पुगेका र ४ जनाको अकालमा मृत्यु भएको तथ्याङ्क रहेको छ। मन्त्रालयले विशेषगरी किटजन्य रोग नियन्त्रण गर्ने पद ‘भेट्रोल कन्ट्रोलर’ खारेज गरेपछि रोग नियन्त्रण गर्न कठिनाई परेको जनाइएको छ।न्युज अफ नेपाल,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button