मूल खबर

दमक उद्योग वाणिज्य संघमा लोकतान्त्रिकको बहुमत

दमक / दमक उद्योग वाणिज्य संघको निर्वाचनमा संयुक्त लोकतान्त्रिक समूहले सत्तारुढ नेकपाको प्रगतिशील व्यवसायीलाई हराएको छ ।

संघको २१ पदका लागि शुक्रबार मतदान भएको थियो । आईतबार बिहान मतगणनाको अन्तिम नजिता अनुसार अध्यक्षसहित विभिन्न ११ पदमा लोकतान्त्रिक र सत्तारुढ नेकपाको निकट प्रगतिशील समूहले भने एक पदाधिकारी, एक लेखा संयोजक गरी १० वटा पद जितेको छ । अध्यक्ष, लेखा संयोजकसहित विभिन्न २१ पदमा दुई स्वतन्त्र गरी ४४ जना उम्मेद्वारहरु निर्वाचनमा प्रतिष्पर्धी थिए ।

अध्यक्षमा प्रगतिशील समूहका विमल खतिवडालाई पराजित गर्दै लोकतान्त्रिकका उम्मेद्वार गोकुल श्रेष्ठ विजयी बने । उनले १४११ मत प्राप्त गरी विजयी बने भने उनका प्रतिद्धन्दी नेकपा निकट प्रगतिशील समूहका विमल खतिवडाले ९१६ मत प्राप्त गरे । अध्यक्षमा ४९५ मतान्तर रह्यो ।

पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष बाहेक सबै पदहरुमा लोकतान्त्रिक व्यवसायी समूहका व्यवसायीहरु निर्वाचित भए । वरिष्ठ उपाध्यक्षमा १२७६ मत ल्याएर प्रगतिशीलका गोपाल गुरागाईं विजयी भए । उनका प्रतिद्धन्दी लोकतान्त्रिकका सुरज आचार्यले १०२१ मत प्राप्त गरे ।

त्यसैगरी, प्रथम उपाध्यक्ष लोकतान्त्रिकै राजु खड्काले १२०९ मत प्राप्त गरी विजयी बने भने उनका प्रतिद्धन्दी प्रगतिशीलका युवराज घिमिरेले १०७३ मत प्राप्त गरे । यस्त,ै द्वितिय उपाध्यक्षमा लोकतान्त्रिककै राजकुमार योङ्याले १०१२ मत ल्याई विजयी बने भने उनका प्रतिद्धन्दी प्रगतिशीलका घनश्याम खनालले ९०६ र स्वतन्त्र उम्मेद्वार टीकाराम प्रसार्इंले ३५५ मत प्राप्त गरेका थिए ।

यस्तै, तृतीय उपाध्यक्षमा लोकतान्त्रिककै रमा लिम्बू (१२०२ ) विजयी बनिन् । उनले प्रगतिशीलका ज्ञाननाथ पौडेललाई पराजित गरेकी थिईन् । पौडेलले १०६१ मत प्राप्त गरे ।

महिला सदस्यमा निरौला र सिटौला

यसैगरी, खुल्ला दुई महिला सदस्यमा लोकतान्त्रिककी सुष्मा निरौला (११३६ ) र प्रगतिशीलकी लक्कि सिटौला( ९७९ ) विजयी बनिन् । महिला सदस्यतर्फ नै स्वतन्त्र उम्मेद्वार कविता अधिकारी ५५०, प्रगतिशीलकी चन्द्रमाया निरौला (जमुना) ९०४ र लाकतान्त्रिककी दिलकुमारी सुब्बाले ९२३ मत प्राप्त गरेकी थिईन् ।

वस्तुगतमा २ लोकतान्त्रिक, तीन प्रगतिशील

वस्तुगततर्पm लोकतान्त्रिक समूहबाट दुई जना र प्रगतिशीलबाट तीनजना विजयी भएका छन् । लोकतान्त्रिकबाट मोहन ढकालले १३१६ र रुबल अधिकारीले ११९४ मत ल्याएर विजयी बने भने प्रगतिशीलकी गायत्री पौडेल १२९६, राजेश अधिकारी ११६३ र दिनेश सुवेदी ११८४ मत प्राप्त गरी विजयी बने । वस्तुगत सदस्यमा लोकतान्त्रिकका तिलबहादुर डाँगी (तिलक )७७४, प्रकाश नेपाल ८९८, भेनस श्रेष्ठ ११४८ र प्रगतिशीलका राधाकृष्ण आचार्य ८७० मत पाएका छन् ।

खुल्ला सदस्यमा तीन, तीन

यसैगरी, ६ खुल्ला सदस्यतर्फ लोकतान्त्रिकका चन्द्र खत्री ( १२९४ ), तुलसीराम तिम्सिना ( ११८७ ) ,नवीन अग्रवाल ( १२०३ ) र प्रगतिशीलका असिम राई ( १०८३ ) भरतकुमार चम्लागार्इं (१२२२) र राजकुमार थापा ( १२०५ ) मत प्राप्त गरी विजयी बनेका छन् । खुल्ला सदस्य पदम न्यौपाने १००१, रुपक दाहाल (रुपक) ९३०, सञ्जीत रौनियार ८३६, सुवासचन्द्र गड्तौला ९०१, सुमन काफ्ले ९३४ र सुरज लिम्बू ८९० ले मत पाएका थिए ।

लेखामा एक लोकतान्त्रिक, २ प्रगतिशील

तीन सदस्यीय लेखातर्फ संयोजकमा प्रगतिशीलका खोमप्रसाद बगालेले १२२३ मत ल्याएर विजयी बने भने उनका प्रतिद्धन्दी लोकतान्त्रिकका पारसमणि आचार्यले १०५९ मत प्राप्त गरे । दुई लेखा सदस्यमा लोकतान्त्रिकका कृष्णराज दाहालले १३२४ र प्रगतिशीलका मोहन मगर (मीन) ले ११०९ मत प्राप्त गरी विजयी बने । सदस्यतर्फ लोकतान्त्रिकका दीपेन्द्र तिवारी १०१२ र प्रगतिशीलका लालबहादुर श्रेष्ठले ९७३ मत प्राप्त गरेका थिए ।

संघको तीन वर्षे कार्यकालको गत शुक्रबार भएको निर्वाचनमा २६८० मध्ये २३३० मत खसेको थियो । निर्वाचनमा सत्तारुढ नेकपा निकट प्रगतिशील र नेपाली काँग्रेससहितका साना दलहरुको संयुक्त लोकतान्त्रिक व्यवसायी समूह प्रतिष्पर्धामा थिए ।janasamsadonline

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button