खेलकुद

नेपालले आजै उज्बेकिस्तानसँग खेल्ने

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले किर्गिस्तानमा जारि नादेझ्दा कप अन्तर्गत दोस्रो खेलमा आज उज्बेकिस्तानको सामना गर्दैछ ।

आइतबार भएको पहिलो खेलमा घरेलु टोली किर्गिस्तानलाई ८-२ ले पराजित गरेको नेपाली टोली उच्च मनोबलमा छ । त्यसो त उज्बेकिस्तानले पनि पहिलो खेलमा ताजिकिस्तानलाई १२-० को फराकिलो अन्तरले पराजित गर्दै सुखद सुरुवात गरिसकेको छ । आज विजयी हुने टोलीले फाइनलमा स्थान बनाउने बलियो सम्भावना रहनेछ ।

नेपालले आजको खेलमा केहि परिवर्तन गर्ने सम्भावना रहेको छ । लगातार तीन दिन समूह चरणका खेल खेल्नुपर्ने भएकाले प्रशिक्षक हरि खड्काले टोलीमा परिवर्तन गर्न सक्छन् । टोलीमा १८ खेलाडी मात्र रहेकाले पनि प्रशिक्षक खड्काले केहि खेलाडीलाई विश्राम दिन सक्छन् । किर्गिस्तानविरुद्ध जितमा नेपालका लागि सावित्रा भण्डारीले ४, अनिता बस्नेतले २ तथा दिपा राई र कप्तान निरु थापाले १-१ गोल गरेका थिए ।

आजको खेल फाइनल समीकरणको लागि महत्त्वपूर्ण रहने भएकाले पनि नेपालले मुख्य टोली उतार्न सक्छ । भोली समूहको अन्तिम खेल ताजिकिस्तानविरुद्ध केहि सहज हुने कारण दोस्रो रोजाईका खेलाडी खेल्न सक्छन् । नेपाल र उज्बेकिस्ताबीच आज खेल ११:४५ बजे सुरु हुनेछ । खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद डट कममा हेर्न सक्नुहुनेछ ।(हाम्रो खेलकुद)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button