मूल खबर

काठमाडौ सिलगढी बस संचालनको बिरोध र काँकरभिट्टाका पसलको सुनसानको ब्यथा

मेचीनगर । करिब पन्ध्र दिन अघि पर्यटन वर्ष २०२० लाई सफल बनाउने उद्देश्यले शुरु गरिएको भारतको सिलगुढीदेखि काठमाडौँसम्मको सिधा बस सेवाविरुद्ध काँकडभिट्टावासी चर्को विरोधमा उत्रिएका छन् ।

भारतको पश्चिम बङ्गालस्थित सिलगुढीबाट सिधै काठमाडौँ बस सञ्चालनले काँकडभिट्टावासीको आर्थिक गतिविधि धराशायी बन्ने भन्दै स्थानीय ब्यापारी र व्यवसायी अहिले विरोधमा उत्रिएका छन् । उनीहरुले ‘काँकडभिट्टा बचाऊ सरोकार समिति’ नै गठन गरेर विरोधका कार्यक्रम शुरु गरेका छन् ।

नेपालको पर्यटकीय तथा धार्मिक महत्व बोकेको ऐतिहासिक शहर काठमाडौँमा कुनै पनि महत्व नभएको शहर सिलिगुढीबाट सिधै बस प्रवेश हुनु नेपाल–भारतबीच भएको सम्झौता विपरीत रहेको तर्क राख्दै उनीहरुले सरकारसँग यो बस सञ्चालन तत्काल रोक्न माग समेत गरेका छन् ।

झापाको प्रदेश नम्बर १ का सांसद श्रीप्रसाद मैनालीले सन् २०१४ डिसेम्बरमा नेपाल–भारतमैत्री बस सञ्चालनको बारे सम्झौता हुँदा राजधानीदेखि राजधानीसम्म या पर्यटकीय र धार्मिक शहरबाट सञ्चालन गरिने भनेर सम्झौता भए पनि सो विपरीत देखिएको हुँदा स्थानीय विरोधमा उत्रिएको बताए ।

सांसद मैनालीले भने, “कोलकत्ता, गुहावटीदेखि काठमाडौँसम्म सञ्चालन गरे हाम्रो आपत्ति छैन, नेपाल र भारत सरकारबीच सम्झौता भइसकेको छ तर सम्झौताविपरीत भारतका महत्वहीन शहरबाट काठमाडौँजस्तो ऐतिहासिक धार्मिक पर्यटकीय क्षेत्रमा सीधै बस सेवा सञ्चालन गर्न पाइँदैन तत्काल यसलाई स्थगित गरिनुपर्छ ।” मैनालीले यो विषयमा केन्द्रीय र प्रदेश सरकारको समेत ध्यानाकर्षण गराएको बताए ।

पूर्व यातायात व्यवसायीसमेत रहेका मैनालीले नेपालमा धेरै गाडी व्यवसायी भए पनि भारतीय गाडीसँग प्रतिस्पर्धा गर्न नसक्ने बताउँदै यस सेवाले राजश्वमा समेत प्रभाव पर्ने तर्क राखेका थिए । अहिले काँकरभिट्टा ब्यापारी र ब्यबसायीले चरणबद्धरुपमा यसको बिरोध गर्दै आएका छन् । केही दिन अघि उनीहरुले अन्तरकृया कार्यक्रमको आयोजना गरेका थिए भने शुक्रबार बिरोध ¥याली र कोण सभाको आयोजना समेत गरेका थिए । तर , यहाँका ब्यापारी र ब्यबसायीहरुले काँकरभिट्टाको आर्थाीक स्तरलाई उठाउन यातायात सेवामा मात्र ध्यान पु¥याएर मात्र नहुने एक थरिको तर्क छ । यहाँका विभिन्न पसलहरुमा पाईने कतिपय वस्तु भारतमा गएर खरीद गर्ने अनि काठमाण्डौ सिलगढीको बस सेवा बन्द मात्र गर्न खोज्न जायज नभएको उनीहरु बताउँछन् ।

काठमाण्डौ सिलगढी बस संचालनले केही मात्रमा यहाँको ब्यापार ब्यबसायमा असर पारेको भए पनि यो भन्दा ठूलो आर्थीक असर अधिकांश वस्तुको खरिदमा भारतमा नेपाली पैसा पुग्ने भएकाले अहिले बस सेवा संचालनको बिरोध गर्नेहरुले खाध्यान्न लगायतका दैनिक आबाश्यकका वस्तुहरु पनि काँकरभिट्टामानै किन्न प्रेरित गर्नु पर्ने उनीहरुको तर्क छ ।

सरकारले पर्यटन वर्ष २०२० लाई सफल बनाउने अभियान अन्तरगत संचालनमा ल्याएको काठमाण्डौ सिलगुढी सिधा बस सेवा संचालनले यात्रीहरुका लागि सहजको पक्ष भए पनि पूर्वी सिमा नाकाको बजारका रुपमा रहेको काँकरभिट्टामा यसको असर परेको भनेर अहिले यहाँका ब्यबसायीले बिरोध गर्नु स्वभाविक देखिएको भएता पनि उनीहरुकै माग र मुद्धालाई हेर्दा काँकरभिट्टाको ब्यबसायीक उन्नतिका लागि यहाँका ब्यापारी र ब्यबसायीहरुले यहाँ रहेका अन्य पसलहरुको सुनसानको अवस्था र त्यही समान खरीदका लागि भारतकोनक्सलबारी , सिलगडी र पानीटेंकीमा देखिने यहाँका स्थानियको उपस्थितिलाई ध्यान दिनु जरुरी देखिन्छ र यताको पसलको सुनसानको ब्यथा र उताको भीडलाई पनि अभियान र सचेतनाका माध्यामले जागृत गराउने तर्फ पनि ख्याल गर्ने की ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button