खबर

कास्मिरमा कफ्र्यु जारी

(एजेन्सी)। सिया मुश्लिम समूह र सुरक्षाकर्मीहरूबीच भिडन्त शुरु भएपछि काश्मिरका विभिन्न क्षेत्रमा भारतले आइतबार कफ्र्यु आदेश जारी गरेको स्थानीय सञ्चार माध्यमले जनाएको छ।

प्रत्यक्षदर्शी र सरकारी अधिकारीहरुका अनुसार जुलुसमा संलग्न मुश्लिम समूह र सुरक्षा फौजबीच झडप शुरु भएको थियो।
अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सले शनिबार साँझ भएको उक्त भिडन्तमा कम्तिमा १२ जना स्थानीय वासिन्दा र ६ जना सुरक्षाकर्मी घाइते भएका छन्।

परम्परागत शोक जुलुस मुहर्रममा भाग लिइरहेका मुश्लिमहरूलाई सुरक्षा फौजले रोक्न खोजेपछि भिडन्त चर्केको थियो। नाम खुलाउन नचाहने एकजना भारतीय सरकारी अधिकारीले सुरक्षा फौजले सो जुलुसमाथि अश्रुग्यास र गोली प्रहार गर्न थालेपछि जुलुसमा सहभागीहरुले फौजमाथि ढुंगामुढा गरेको बताएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button