मूल खबर

इटहरीका राजीव ढुंगानालाई नेविसंघ सभापति बनाउँने तयारी

इटहरी । नेपाली कांग्रेसको विगठित नेपाल विद्यार्थी संघको राष्ट्रिय अधिवेशनका लागि एक बर्षको समयसीमा दिँदै संयोजकका लागि राजीव ढुंगानाको नाम अग्रस्थानमा आएको छ । ढुंगानालाई सभापति बनाउँने तयारी गरिहरेको काग्रेस स्रोत्रले बताएको छ ।

कांग्रेस स्रोतका अनुसार संस्थापन पक्ष नजिक रहेका ढुंगानालाई राष्ट्रिय अधिवेशनबाट पार्टीको विधान अनुसारको नयाँ सभापतिलगायतका पदाधिकारी ल्याउनका निम्ति उक्त जिम्मेवारी दिने तयारी भएको हो । अहिले सम्म कुनै विवादमा नपरेको र सबैलाई मिलाएर लान सक्ने भएको कारण ढुंगानालाई सभापति बनाउँन लागेको हो ।

स्रोतले भन्यो,‘ज्येष्ठता, अवसर बञ्चित भएको नेता, सबैले मान्न सक्ने आधारमा ढुंगानाको नाम अरु भन्दा अगाडि छ ।’ त्यसो त संयोजकका लागि विभिन्न नेताले धेरै विद्यार्थी नेताको नाम अगाडि सारेका छन् । जसमा सहमति हुने सम्भावना न्युन रहेको छ । उमेर हदबन्दी विना नै नेविसंघमा नेतृत्व ल्याउने सहमति भएपछि ढुंगानासहित शुभराम बस्नेत, मनोजमणि आचार्य, ऋषिजंग शाह र पुष्पकुमार शाहीको नाम पनि आएको छ ।सञ्चारपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button