खेलकुद

आर्मी र एपीएफ एकै समूहमा

काठमाडौं  – प्रगतिशील युवा नेपालद्वारा आयोजित प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कपमा दुई विभागीय टोली नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब एकै समूहमा परेका छन् ।

समूह ‘ए’ मा एपीएफ र आर्मीसँगै ढोरपाटन स्पोर्ट्स ट्रेनिङ सेन्टर र जावलाखेल भलिबल ट्रेनिङ सेन्टर रहेका छन् । समूह ‘बी’ मा आयोजक प्रगतिशील युवा क्लबसँगै नेपाल पुलिस क्लब, गल्कोट युवा क्लब र गण्डकी प्रदेश रहेका छन् । मंगलबारदेखि सुरु हुने प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।

दुवै समूहका शीर्ष २ टोली अन्तिम चारमा प्रवेश गर्नेछन् । मंगलबार पहिलो खेलमा ढोरपाटन र जावलाखेल खेल्नेछन् । दोस्रो खेलमा पुलिस र प्रगतिशीलले प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन समारोहलगत्तै हुने खेलमा एपीएफ र आर्मीले प्रतिस्पर्धा गर्नेछन् । अन्तिम खेल गल्कोट र गण्डकीबीच हुनेछ ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा हुने प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ हात पार्नेछ । दोस्रो हुनेले ३ लाख, तेस्रोले १ लाख तथा चौथो हुनेले ५० हजार रुपैयाँ हात पार्नेछन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल हात पार्नेछन् । विधागततर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकले जनही १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।(हाम्रो खेलकुद)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button