खेलकुद

सेन्ट्रल जोन भलिबल- उज्वेकिस्तानको जित

काठमाडौं – एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको तेस्रो खेलमा सोमबार उज्वेकिस्तान विजयी भएको छ।

आइतबार मात्र नेपाल आइपुगेको उज्वेकिस्तानले समूह बीमा दक्षिण एसियाली राष्ट्र बंगलादेशलाई सोझो ३–० को सेटमा हराएको हो । नेपाली सेनाको लगनखेलस्थित कभर्ड हलमा भएको खेलमा उज्वेकिस्तानले बंगलादेशलाई २५–१६,२५–१६ र २५–२३ ले हराएको थियो ।

आजै भएका अन्य खेलमा समूह एमा नेपाललाई कीर्गिस्तानले सोझो सेटमा हराएको थियो ।
त्यसअघि समूह बीको खेलमा तुर्किमिस्तानले अफगानिस्तानलाई हराएको थियो ।(हाम्रो खेलकुद)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button