काठमाडौं : पत्रकार ओम हमालसँगै मंगलबार सर्वोच्च अदातलबाट रिहा भएका नेपाल कम्युनिस्ट पार्टी कास्की स्याङ्जाका इन्चार्ज कृष्ण वाग्ले ‘रुपेश’लाई केपी–बादल गृह प्रशासनले पुनः गिरफ्तार गरेको छ ।
बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथिको बहसपछि सर्वोच्च अदालतका न्यायधीश ईश्वरप्रसाद खतिवडा र बमप्रसाद श्रेष्ठको संयुक्त ईजलासले वाग्लेलाई रिहा गर्न आदेश दिएको हो । रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्त एकराज भण्डारी, वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठ, अधिवक्ता कपिलचन्द्र पोख्रेल लगायतले बहस गरेका थिए ।
गिरफ्तारपछि वाग्लेलाई कहाँ लगिएको छ भन्ने केही थाहा हुन सकेको छैन । वाग्लेको मुद्दा कास्की र स्याङ्जामा चलिरहेकाले उनलाई पोखरा नै ल्याउने अनुमान गरिएको छ ।२०७६, २४ भाद्र मंगलवार २१:५३ ई-रातो खबर