खेलकुद

‘ब्राजिलले पनि ७ गोल खाएको उदाहरण छ’ – प्रशिक्षक कालिन

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप २०२२ कतारको दोस्रो चरण छनोटको दोस्रो खेलमा चाइनिज ताइपेइलाई २-० ले पराजित गर्यो । दुवै हाफमा अन्जन विष्टले १-१ गोल गरेपछि नेपाली टोलीका प्रशिक्षक योहान कालिनले पोस्ट म्याच कन्फरेन्समा दिएको प्रश्न र त्यसको उत्तर यसप्रकार छन् ।

आजको खेलको बारेमा भनिदिनुहोस् ।

– पछिल्लो नतिजापछि हामीलाई राम्रो प्रदर्शन अत्यावश्यक थियो । आज जुन किसिमको प्रदर्शन हामीले पायौं त्यसले नतिजा पनि दिलायो। खेलाडीहरुले निकै राम्रो खेले । म आजको प्रदर्शन र नतिजालाई लिएर एकदम खुसी छु ।

खेलमा योजना कसरी बनाउनुभयो ?

– हामीले केहि महिनाअघि मात्र ताइपेइसँग खेलेका थियौं । हामीले पछिल्लो खेलपछि आफ्नो योजनामा बढी ध्यान दिनुपर्ने थियो । हामीलाई थाहा थियो खेल निकै प्रतिस्पर्धात्मक हुनेछ । हाम्रो मुख्य योजना आफ्नो खेलमा मात्र ध्यान दिनु थियो र त्यसमा हामी सफल भयौं।

पछिल्लो खेलमा पनि सेट पिसमा गोल भएको थियो, आज पनि त्यसै भयो । के तपाईंको विशेष रणनीति यहि थियो ?

– त्यस्तो त होइन । तर हामीले पाएको सानो अवसर पनि सदुपयोग गर्नुपर्छ । हामी समूहको कमजोर टोली हौं र यस्तो अवस्थालाई सदुपयोग गर्नुपर्छ । हामीले प्रशिक्षणमा पनि सधैं यसमा ध्यान दिने गरेका छौं । आज सहि ठाउँमा बल पुग्यो र कुदाइ पनि मिल्यो । तर मैले विशेष रणनीति भने बनाएको छैन ।

पहिलो खेलमा फराकिलो हार बेहोरेपछि यस खेलमा पुनरागमन गर्न कसरि सकियो ?

– मुख्य कारण भनेको हामीले निकै मिहिनेत गरेर खेल्यौं । कुवेतविरुद्ध हामी हतोत्साहित भएर खेल्यौं । हामीले हिजो छलफलका क्रममा धेरै सोच्यौं । विश्वकप दौरान ब्राजिलले ७ गोल खाएको पनि देखेको हौं । हामीले अब कुवेतको खेल बिर्सेर अगाडी बढ्नुपर्छ । त्यस खेलको गल्ति सुधारेर बलियो हुनुपर्छ । त्यस खेलले हामीलाई पाठ भने सिकाएको छ ।

अन्जनलाई पहिलो खेल नखेलाउनु गल्ति हो ?

– हामीले ७ गोल खाएर हारेका थियौं । दोष लगाउन त मिल्ला तर खेल फरक हुन्छ । हामीले उक्त खेलमा डिफेन्स गर्न सकेका थियानौं । आजको खेलमा सुध्रिएको छ ।

नेपालले पहिलो जित दर्ता गरको छ, कस्तो लागेको छ?

– खुसी छु । तर हामी लामो यात्रा तय गर्न आएका हौं । हामी एक एक खेललाई हेरेर अगाडी बढ्नेछौँ । अब बाँकी खेल पनि राम्रो प्रदर्शन गर्नुपर्छ । हाम्रो योजना मुर्तरुप लिन लामो समय लाग्छ । समर्थकहरुलाई छिट्टै नतिजा चाहिन्छ तर अब केहि धैर्य हुनुपर्छ । जित हात पार्दा सधैं खुसी नै हुन्छौं । अब आउने दिनमा नि यसै प्रदर्शन अपेक्षा गर्दछु । (हाम्रो खेलकुद)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button