मूल खबर

नेकपा नेता पुस्कर, प्रज्वलसहित चार जनालाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं : बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथिको बहसपछि सर्बोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका नेताहरु घनश्याम श्रेष्ठ ‘पुस्कर’, कृष्ण कुमार श्रेष्ठ ‘प्रज्वल’ र माधव गौतमसहित चार जनालाई तीनदिन भित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

मंगलबार भएको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथिको बहसपछि अदालतले बन्दीसहित तीन दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो । सरकारले गैरकानूनी रुपमा पटक–पटक गिरफ्तार गरी गैरन्यायिक ढंगबाट प्रहरी हिरासतमा राखेको भन्दै कृष्ण कुमार श्रेष्ठ ‘प्रज्वल’, घनश्याम श्रेष्ठ ‘पुस्कर’, माधव गौतम र रमेश खड्कालाई तत्काल थुनामुक्त गर्न माग गर्दै आइतबार बन्दीप्रत्यक्षीकरणको रिट निवेदन परेको थियो ।

सोहि रिटमाथि मंगलवार भएको सुनुवाईपछि न्यायधिस डा. मनोजकुमार शर्माको एकल इजलासले उनीहरुलाई पक्राउ गर्नुको कारणसहित आदेश प्राप्त भएको मितिले बाटोको म्याद बाहेक तीन दिन भित्र बन्दीसहित लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।

रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्त एकराज भण्डारी, अधिवक्ता कपिलचन्द्र पोख्रेल र दयाराम पोख्रेलले बहस गरेका थिए ।

२०७६, २५ भाद्र बुधबार ०८:०९ ई-रातो खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button