काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्द चितवन मेडिकल कलेज परिसरबाट पक्राउ परेका छन्।
उनलाई आज बुधबार चितवन मेडिकल कलेज परिसरबाटै पक्राउ गरिएको हो। चितवन मेडिकल कलेजमा जारी आन्दोलनका क्रममा उनीसहित अन्य १५ जना विद्यार्थीलाई पनि पक्राउ गरिएको थाहा भएको छ।
केही दिनदेखि चितवन मेडिकल कलेजका विद्यार्थीहरु बिभिन्न माग सहित आन्दोलनरत रहेका छन्।
आन्दोलनले कलेजमा अवरोध सृजना गर्नुका साथै उग्ररुप लिएपछि त्यसको नियन्त्रणका लागि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ।