खबर

जल्यो तीन सय ९३ किलो गाँजा

हेटौंडा । मकवानपुर प्रहरीले लागुऔषध गाँजा, कोरेक्स, इट्रोभेट, फेनारगनलगायत लागुऔषध जलाएर नष्ट गरेको छ । भदौ १ गतेबाट भदौ २० गतेसम्म जिल्लाका विभिन्न स्थानबाट बरामद गरेको लागुऔषध गाँजा, कोरेक्स, इट्रोभेट, फेनारगनलगायत लागुऔषध जलाएर नष्ट गरेको हो ।

प्रहरीले बुधबार भीमफेदी गाउँपालिका वडा नम्बर–१ को सानुटार र हेटौंडा–१ को संगमस्थल बोकेदहस्थित किसेडी खोलामा लागुऔषध जलाएर नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएका प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानबाट बरामद गरेको लागुऔषधहरु अनुसन्धान तथा कारबाही प्रक्रिया पूरा गरी जलाएर नष्ट गरिएको हो ।

प्रहरीले अदालतबाट अनुमतिप्राप्त गरी तीन सय ९२ किलो आठ सय ५५ ग्राम गाँजा, नाइट्रोभेट ६ सय ५६ ट्याब्लेट, फेनारगन ४१ एम्पुल, ब्युप्रोनोर्फिन ४१ एम्पुल, डाइजेल्याब ४२ एम्पुललगायत लागुऔषध जलाएर नष्ट गरेको हो ।

मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंह, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि मदनकुमार श्रेष्ठ, प्रहरी निरीक्षक पवनकुमार झा, प्रहरी सेवाकेन्द्र हेटौंडा–९ का अध्यक्ष राम बिष्ट, उपभोक्ता मञ्च मकवानपुर सचिव नवराज कोइरालालगायत सरोकारवालाको उपस्थितिमा लागुऔषध जलाएर नष्ट गरिएको हो ।नेपाल समाचारपत्र अनलाईनबाट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button