
निमित्त प्रजिअ निरौलालाई ज्ञापन पत्र बुझाउँदै सरोकार समितिका संयोजक घिमिरे ।
झापा
भारतिय शहर सिलिगुडीबाट काठमाण्डौ सिधा बस सेवा सञ्चालनले नेपालको पुर्वी नाकाको ब्यवशायिक गतिविधिमा नकरात्मक असर पर्ने भन्दै मेचीनगरका बिभिन्न संघ संस्थाले आज संयुक्त रुपमा जिल्ला प्रसासन कार्यालय झापा मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएका छन।
नेपाल भारत मैत्री सेवाका नाममा निजि यातायात सेवाले भदौ ९ गतेदेखी भारतको सिलिगुडिदेखी काठमाण्डौसम्म बस सेवा शुरु गरेको छ । उक्त सेवाका कारण काकरभिट्टा सहित मेचीनगरकै आर्थिक गतिविधिमा नराम्रो असर पर्ने र भावी दिनमा पुर्वी नाकाको बजार उजाड बन्ने खतरा रहेको भन्दै जिल्ला प्रसासन कार्यालय झापा मार्फत नेपाल सरकारको ध्यानाकर्षण गरिएको मेचीनगर बचाउ सरोकार समितिका संयोजक ज्ञानेन्द्र घिमिरेले बताउनु भयो ।
ज्ञापन पज्ञ बुझाउन जिल्ला प्रसासन कार्यालय पुगेका मेचीनगरका ब्यवशायीजन्य संघ संस्थाका प्रतिनिधिहरुले झापाका निमिक्त प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलालाई ज्ञापन पत्र बुझाएको सरोकार समितिका संयोजक घिमिरेले जानकारी दिनु भयो ।
मेचीनगर बचाउ समितिका संयोजक घिमिरे सहित मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना, पुर्व मेची बस ब्यवशायी प्रालीका अध्यक्ष मोहन प्रकाश उप्रेती, क्षेत्रिय होटल ब्यवशायी संघका कार्यवाहक अध्यक्ष गोपाल श्रेष्ठ, झापा जिल्ला ट्राभल्स संघका अध्यक्ष नीरबहादुर कार्की, खुद«ा ब्यवशायी संघका अध्यक्ष भुपाल शिवाकोटी, मेची चेन्जर संघका अध्यक्ष बिष्णु मैनाली, सुनचाँदी ब्यवशायी संघका अध्यक्ष राजेश गहतराज र ट्रेड युनियन काँग्रेसका सह सचिब गोपाल शिवाकोटीले संयुक्त रुपमा हस्ताक्षर गरेको बिज्ञप्ती बुझ्दै निमिक्त प्रमुख जिल्ला अधिकारी निरौलाले यस बिषयमा ध्यानाकर्षण भएको र यस बिषयमा जिल्ला प्रसासन कार्यालयले आवश्यक पहल गर्ने ब्यवशायीहरुलाई बताउनु भयो ।
ब्यवशायीहरुको बिज्ञप्ती तत्काल गृह मन्त्रालय र यातायात मन्त्रालयमा पठाउने र आवश्यक पहलका लागि कुरा अगाडी बढाउने निमित्त प्रमुख जिल्ला अधिकारी निरौलाले रेडियो साथीलाई बताउनु भयो ।
बस सेवा सञ्चालन शुरु भए देखी नै मेचीनगरका ब्यवशायी र स्थानीयहरु उक्त बस सेवा सञ्चालनमा रोक लगाउनु पर्ने भन्दै आन्दोलनमा उत्रिएका छ ।radiosathi/from