इटहरी । पर्यटकीयहरुको गनतब्य कोशीटप्पु अहिले हाती आतंकले हैरानी छ । मात्तिएको हात्ती बस्तीमा पसेर वर्षेनी मानिसको ज्यान लिन थालेपछि थालेको छ । अहिले कोशीटप्पु आसपासमा जनता हात्तीकै कारण आजित भएका छन् ।
मगंलबार हात्ती आएर बराहक्षेत्र नगरपालिका २ मा सिताराम दर्जीको छानो भत्काई दियो । इलाका प्रहरी कार्यलय महेन्द्र नगरकै बेरा भत्काउँदै स्थानीय कृष्ण थापाको १ कठ्ठा खेतमा धान नष्ट गरिदियो । मानविय क्षती नपुराए पनि कोशी टप्पु आसपास दैनिक जसो आतंक मच्चाएको भन्दै सर्वसाधरणहरुले गुनासो गरेका छन ।
दिनभर रातभर हात्तीको त्रासमा बस्ने सर्वसधारणहरुको पिडा सरकारी निकायले नवोलेको कारण आफुहरु हैरानीमा परेको कोशी गाउँपालिकाकी जस्मिन मियाँले बताए । बर्षेनी आफुहरु हात्तीको आतंकमा बस्नु परेको उनको भनाई थियो । हाम्रो समस्या कसैले पनि बुझेनन् साह्ै दुख लागेर आउँछ उनले दुखेसो गदै भने । बर्षभरी खाने अन्न पोहोर साल पनि हात्तीकै खाजा भयो अहिले पनि बेलुका बेलुका निश्किन्छ मियाँ भन्छन् ।
कोशी गाउपालिकाका अध्यक्ष अयुव अन्सारीले हात्ती तथा अन्य जनवारको आतंकले सर्वसाधरणहरु दैनिक हैरानी बेहोर्नु परेको गुनासो गरे । हात्तीले घर घर छिरेर मान्छे मार्दा पनि राज्यले कुनै क्षतीपूर्ती समेत नदिएको अन्सारी बताउँछन । आफुहरु जनप्रतिनिधि भएर आए सँगै सकरात्मक काम गर्न खोजे पनि संघिय सरकारको सहयोग विना गर्न नसकिने रहेछ अनसारीले भने ।
हाती मर्ने संख्यासँगै कोशी टप्पु आरक्ष क्षेत्रमा गत दुई आर्थिक वर्ष २०७४। ०७५ मा ८ जनाको मृत्यु भएको थियो । हातीको आक्रमणबाटै आर्थिक वर्ष २०७३ । ०७४ को अवधिमा पनि छ जनाकै मृत्यु भएको कोशी टप्पु बन्यजन्तु आरक्षका केदार दासले बताए । दुई आर्थिक बर्षमा मात्र सुनसरीमा ५ जना ,सिराहमा २ र उदयपुरमा १ जना गरी ५ जनाको मृत्यु भएको दासको भनाई छ ।
कोशी टप्पु क्षेत्रमा एउटा मकुना हाती रहेको छ। यो हातीले अरुभन्दा बढी विध्वंस मच्चाउने गरेको छ। ‘मकुना हातीलाई अरु भाले हातीले कोशी पश्चिमका वस्तीतर्फ लानसँगै हिड्ने गरेपनि आधा बाटोमा पुगेपछि फेरि अरुलाई छाडेर आरक्षको प्रशासन क्षेत्र तफै नै आउने गरेको बन्यजन्तु आरक्षको दासको भनाई छ ।
हात्तीको आक्रमणबाट सेवियादेवि सरदार, बेचनी देखि सरदार,तदरुल मिया,सत्यनारायण चौधरी ,रविलाल उराव, कुन्ता देवि चौधरी,फलमैन शाह र नन्दकिशोरको मृत्यु भएको कोशी टप्पु बन्यजन्तु आरक्षका वार्डेन रामदेव चौधरीले बताए । पछिल्लो समयमा हात्तीले सर्वसाधरणहरुलाई दुख दिईरहेको स्वीकार गरे ।
प्रकाशपुरदेखि श्रीपुरसम्म १४.७ किलोमिटर वद्युतीय घेराबेरा गरेपनि हातीले घेराबेरा नजिकैको रुख लडाएर घेराबेरा बिग्रारी गाउँ प्रवेश गर्ने गरेका छन् । रेडियो कलर लगाउँदा हाती जहाँ जहाँ जान्छ इन्टरनेटको माध्यमबाट हेर्न सकिन्छ, गाउँ प्रवेश गर्नासाथ तत्काल रोक्न सकिन्छ वार्डेन चौधरीले भने ।
खानेकुरा अभाबकै कारण हात्ती गाउँ पसरे विध्वसं मच्चाउने गरेको कोशी टप्पु बन्यजन्तु आरक्षले जनाएको छ । कोशी टप्पुमा १५ देखि २० वटा हाती रहेकोमा भारतबाट झापाको बाहुन डागीमा १३० देखि १५० वटासम्म आउने गरेका छन् । कोशी टप्पुको क्षेत्रमा पर्ने कोशी गाउँपालिकाको पश्चिम कुशाहा, लौकही, श्रीपुर, हरिपुर र भाण्टाबारी तथा बराहाक्षेत्र नगरपालिकाको मधुवन, प्रकाशपुर र महेन्द्रनगर क्षेत्रमा समेत जंगली हात्ती, अर्ना र बँदेलको आतंक रहेको स्थानीयवासीले बताएका छन् ।
घेराबारी प्रभावकारी भएन
हात्ती आतंककै कारण वर्षेनी कोशी आसपासका जनताले ज्यान गुमाउनु परेको छ । हातीलाईं गाउँ प्रवेश गर्नबाट रोक्नका निम्ति सुनसरीको वस्तीतर्फ विद्युतीय घेराबेरा गरिएपनि त्यो प्रभावकारी हुन सकेको देखिदैन । आरक्ष आसपासको मध्यवर्ती क्षेत्रमा १४ हजार ८६५ घर परिवारका ८४ हजार ४२३ जना बसोबास गर्छन् ।
मध्यवर्ती क्षेत्रका किसानले धान, मकै, उखु र केरा खेती लगाउने गर्छन् । यी चारैवटा बाली हात्तीका लागि रुचीको आहरामा पर्छन् । आरक्ष क्षेत्र सुनसरी, सप्तरी र उदयपुर गरी एक सय ७५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ । यसरी सर्वसाधरण जनतालाई असुरक्षा महसुस भईरहेको स्थानमा सरकारले उचित समाधान खोज्नुको विकल्प छैन ।
सरकारले बार्षिक हात्ती रोक्नकै लागि अघिल्लो बर्ष ५ करोड बजेट छुट्याएको थियो । तर अहिले सम्म प्रभावकारी नभएको भन्दै पूर्वअर्थमन्त्री ज्ञानेन्द्र कार्कीले गुनासो गरेको छन । आफ्नै पहलमा ५ करोड बजेट तारबार गर्न छुट्याए भए पनि काम प्रभावकारी हुन नसकेको बताए । तारजाली ब्यवस्ति गर्न आफुले बारम्बार वार्डेनलाई भन्दै आएको कार्कीको भनाई छ । सञ्चारपाटी