खबर

८१ वर्षीय बृद्धको भेषमा अमेरिका उड्न लाग्दा ३२ वर्षीय युवा पक्राउ

८१ वर्षीय बृद्धको भेष बनाएर अमेरिका उड्न लागेका ३२ वर्षीय भारतीय युवा इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

न्यूयोर्क जाने विमान चढ्न लागेका बेला ३२ वर्षीय जयेश पटेल पक्राउ परेका हुन् ।

फुलेको दाह्री भएका र मोटो चस्मा लगाएका पटेल प्रारम्भिक सुरक्षा चाँजका क्रममा ह्वील चेयरमा बसेका थिए ।

ती युवाले हिड्न नसक्ने बताएका थिए।

नक्कली राहदानीमा अमेरिका उड्न लागेका पेटलको चस्मा, दाह्री र छालाको तुलना गर्दै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका ती युवाले रोजगारीका लागि अमेरिका जान भेष र भिसा बनाएको स्वीकार गरेकाे अन्तरराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।हिमालखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button