मूल खबर

सी के राउतको जनमत पार्टी संगठन गर्न पहाडतिर

काठमाडौं । स्वतन्त्र मधेसको राजनीति छाडेर मुलधारको राजनीतिमा आएका जनमत पार्टीका अध्यक्ष सिके राउत संगठन निर्माण गर्न अब पहाडतिर लागेका छन् । गएको फागुनमा सरकारसँग सम्झौता गरेर विखण्डकारी राजनीति त्यागेका भनिएका उनलले मुलधारको पार्टी बनाउने घोषणा गरेका थिए। त्यसपछि राउतले जनमत पार्टीको घोषणा गर्दै निर्वाचन आयोगमा दल दर्ता समेत गराइसकेका छन्।

आयोगमा दल दर्तागरेसँगै पार्टीको संगठन निमार्णमा जोड दिँदै आएका राउतले तराई मधेसका २२ जिल्लासँगै ७ प्रदेशमध्ये ६ प्रदेशमा समिति बनाइसकेका छन्। १, २ र ५ बाहेकको संगठन विस्तार पहाड केन्दित छ। प्रदेश नम्बर ३, ४ र ६ मासमेत जनमत पार्टीले संगठन विस्तार गरिरहेको छ।

पार्टीका पदाधिकारी दीपक शाहले भने, ‘प्रदेश नम्बर ७ मा मात्रै पार्टीको प्रादेशिक संगठन बनाउन बाँकी छ।’ पार्टी संचालनको प्रमुख कुरा संगठन भएको भन्दै शाहले जनमत पार्टी सबै प्रदेशका सबै जिल्लामा संगठन बनाउन लागि परेको बताए।

विगतमा स्वतन्त्र मधेस गठबन्धको ब्यानरमा ‘छुटै मधेस राष्ट्र’को नारा लगाउँदै आएका सीकेले तात्कालीन मधेसी पार्टीलाई पहाडसँग जोडेर पटक–पटक आलोचना गर्न समेत भ्याएका थिए । राउतले गएको फागुन सम्झौतापछि पनि मधेसी केन्द्रित भनेर चिनिएका राजपा नेपाल र समाजवादी पार्टीको चर्को आलोचना गरेका थिए।

राउतको पार्टी उपनिर्वाचनमा सहभागी हुने चर्चा चलिरहेको भए पनि शाहले भने अहिले संगठन विस्तारको काम मात्र भइरहेको बताए।

उपनिर्वाचन भन्दा पनि संगठनलाई नै प्राथमिकता दिएको शाहले बताए। राउत अमेरिकामा हुँदा गठन गरेको गैरआवासीय मधेसी संघको अहिले ४४ देशमा संगठन रहेको छ। ति सबै संगठनले जनमत पार्टीको जनसम्पर्क समितिको रुपमा काम गर्नेछन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button