इटहरी । भर्खरै सरुवा भएर इटहरीका आएका डिएसपी धर्मराज भण्डारीले इटहरीका पुराना अपराधिक घट्नाहरुको फाईल खोतल्ने बताएका छन । लामो समय देखि अनुसन्धानरत फाईललाई प्रथामिकतामा राखेर काम गर्ने बताएका हुन ।
शुत्रबार आफ्नै कार्यलयमा पत्रकार सम्मेलन गदै डिएसपी भण्डारीले टुंगोमा नपुगेका पुराना फायलहरू पुन खोल्ने भएको बताएका हुन । अपराध अनुुसन्धानका घटनाहरूमा बढी ध्यान केन्द्रित गर्ने उनको प्रतिबद्धता थियो । साना देखि ठुला अपराधिक घटनालाई निगरानीमा राख्ने बताएका हुन।
इटहरी क्षेत्रमा अहिले लागु औषध कारोबार , ठगि जस्ता घटनाहरू प्रहरीका लागि मुख्य चुनौती बनेकोले यसलाइ निर्मुल बनाउन बिशेष प्रहरी परिचालन गरी यस्ता घटनाहरूलाइ सुक्ष्म तरिकाले अनुसन्धान गरीने बताए ।
इटहरी जसरी बिकास हुँदैछ सोही अनुसार अपराधका घटना पनि बढ्दो छ । ठुलो शहरमा ठुलै हुँदैछन् अपराध । घटना हुनै नदिन जति प्रयास गर्नुपथ्र्यो त्यो त भएन नै । तर अपराध भएपछि पनि त्यसलाई सहि समाधान गर्दै दोषीलाई कानुनी कठघरामा उभ्याउन नेपाल प्रहरी चुक्दै आएको छ । विगत देखी वर्तमान सम्म इटहरीमा घटेका हत्याका केसहरुका दोषीहरु पत्ता लगाउन सकेको छैन ।
गितानिधि रायमाझी
२०६२ साल बैशाख ३१ गते शुक्रबार तत्कालिन इटहरी नगरपालिका मेयर गितानिधिरायमाझीको साँझपख घर नजिकै गोली हानि हत्या भयो । जनयुद्धको बेला माओवादीले रायमाझीकोहत्या भयो भन्ने हल्ला चलाए पनि अहिलेसम्म कसले मा¥र्यो भन्ने अत्तोपत्तो छैन ।गितानिधिको श्रीमती माया रायमाझीले आफ्नो श्रीमानको हत्यारा अहिलेसम्मपत्ता नलाग्दा अझै पिडित बनेकोउनको दुखेसो छ । ‘राज्यले मेरो श्रीमानकोहत्यारा किन पत्ता लगाउन सक्दैन’ उनले प्रश्न गरिन । श्रीमानको हत्यारा पत्ता लागेकोदिन आफुले‘न्याय’ पाउने उनको अठोट छ ।
ब्यापारी अग्रवाल दम्पती
२०६४ साल चैत ५ गते मंगलबार इटहरीको दन्तकाली हार्डवेयर संञ्चालक दम्पती कैलाश अग्रबाल र उनकी पत्नी शान्तादेवी अग्रवालको हत्या भयो । हात बाधिएको मुखमा पट्टि लगाएको अवस्थामा शव भेटिएको थियो । दुवैलाई डोरीले बाधेर बेल्चा प्रहार गरेको निश्कर्षमा प्रहरी पुग्यो तर त्यो हत्या कसले ग¥र्यो १०बर्ष बित्दा पनि अग्रवाल दम्पती हत्यारा प्रहरीले पत्ता लगाउँन सकेको छैन ।हत्या किन गरियो ?कसले ग¥र्यो ?पत्ता नलाग्दा पिडित परिवारले अहिले सम्मन्याय पाउन सकेको छैन ।
सुवास काफ्ले
२०७० मंसिर ४ गते खनारबाट सुवास काफ्ले हराए । पछि मंसिर ६ गते तत्कालिनहाँसपोसा गाविसको चारकोशे जंगल क्षेत्रमा जलेको अवस्थामा सुवासको शव भेटियो । सुवासको श्रीमती ममता काफ्लेले श्रीमानको हत्या आफ्नै जेठाजु रमेश काफ्ले, सुवास गौतम र रमेशका सवारी चालक नरेश चौधरी विरुद्ध २०७१ बैसाख १९ गते किटानी जाहेरी दिईन । जेठाजु रमेश सहितका केहि पूर्वपक्षका लागी जेल चलान भए पनि रमेश अन्तत निर्दाेष साबित भएर छुटे ।
तर सुवासको हत्या कस्ले गर्राे अझै पत्ता लगाउन प्रहरीले सकेको छैन ।
सपना भुजेल
२०७२ साल फागुन २० गते इटहरी २ की १३ बर्षिय बालिका सपना भुजेलको हत्या गरेर खोलामा फालेको अवस्थामा शव फेला प¥र्यो तर हत्या कसले र किनग¥र्यो भन्ने बिषयमा अहिले सम्म पत्ता लागेको छैन । तत्कालिन इटहरीका डिएसपी ओम अधिकारीले हत्या भएको बताए पनि हत्यारासम्म प्रहरी पुग्न सकेन । कमजोर आर्थिक अबस्था भएको भुजेल परिवारले अहिले सम्म न्याय नपाएको बताउँछन ।सञ्चारपाटी