खेलकुद

पुलिस समूह विजेता, सेमिफाइनलमा एपिएफसँग भिड्ने

काठमाडौं – नेपाल पुलिस क्लब प्रथम प्रकाश दाहाल प्रगतिशिल युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत समूह बीको समूह विजेता बनेको छ । गोगंबु नयाँ बसपार्कमा जारी प्रतियोगितामा शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा गण्डकी प्रदशलाई ३–१ ले हराउँदै पुलिस समूहको विजेता बनेको हो ।

पराजित गण्डकी उपविजेता बनेको छ । दुवै टोली यो खेलअघि नै सेमिफाइलन पुगेको थियो । पुलिस २९–३१,२५–१२,२७–२५,२५–१९ ले विजयी भएको छ । अब पुलिसले समूह एको उपविजेता एपिएफसँग सेमिफाइनल खेल्नेछ । अर्को सेमिफाइनलमा समूह एको विजेता त्रिभुवन आर्मी क्लब र गण्डकीबीच प्रतिस्पर्धा हुनेछ ।आजै भएको खेलमा ढोरपाटन स्पोर्टस क्लबलाई हराउँदै आर्मी समूह विजेता बनेको थियो ।

पहिलो सेमिफाइनल शनिबार बिहान १० बजे आर्मी र गण्डकी प्रदेशबीच हुनेछ । त्यस्तै दिउँसो १ बजेको सेमिफाइनलमा दुई विभागिय टोली पुलिस र एपिएफले एकअर्कोको सामना गर्नेछन् । आइतबार हुने फाइनलको विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ भने दोस्रो टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको आयोजना प्रगतिशिल युवा नेपाल गोरखा काठमाडौंले गरेको हो ।(हाम्रो खेलकुद)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button