काठमाडौं (– एएफसी यू १६ च्याम्पियनसिप छनोटको आफ्नो पहिलो खेलको पहिलो हाफमै नेपालले कमजोर प्रदर्शन गरेको छ। आयोजक जोर्डनसँगको खेलको पहिलो हाफमा नै नेपाल ५–० ले पछि परेको छ ।
साफ यू १५ च्याम्पियनसिपमा दोस्रो दुई साता पछि नेपाल यू १६ छनोट खेल्नका लागि जोर्डन यात्रामा निस्केको हो । बोन टेस्टबाट साफका बेलाका कप्तान प्रदीप लम्सालसहित तीन खेलाडी बाहिरिनुपरेपछि टोली थप कमजोर भएको बताइएको छ । समूह ‘ए’मा नेपाल, जोर्डनका साथ कुवेत, ताजकिस्तान र दक्षिण एसियाली छिमेकी श्रीलंका छ ।हाम्रो खेलकुद