खेलकुद

‘मेस्सीले मलाई राम्रो प्रशिक्षक बनाए’ – मोउरिन्हो

एजेन्सी – पोर्चुगिज प्रशिक्षक जोसे मोउरिन्होले लिओनेल मेस्सीविरुद्ध आफ्नो टोली तयार पार्दा आफू प्रशिक्षकका रुपमा अझै राम्रो बन्न सकेको बताएका छन् ।

मोउरिन्होले स्पेनिस लिगमा रियल म्याड्रिडको जिम्मेवारी सम्हाल्दा बार्सिलोना मुख्य प्रतिद्वन्द्वीको रुपमा रहेको थियो । त्यसक्रममा मोउरिन्होले मेस्सीलाई रोक्न विभिन्न रणनीति तयार पार्ने गरेका थिए । मेस्सीविरुद्ध रियल म्याड्रिड बाहेकमा पनि मोउरिन्होले सामना गरेका छन् । उनले मेस्सीजस्ता खेलाडीले उनलाई प्रशिक्षकको रुपमा थप राम्रो बन्न सहयोग गरेको बताएका छन् ।

‘ मैले सधैं आफूले प्रशिक्षण दिएका खेलाडीलाई धन्यवाद भन्ने गरेको छु । र जो मैले प्रशिक्षण नदिएका खेलाडी छन् र मेरो विरुद्ध खेलेका छन्, उनीहरुलाई पनि धन्यवाद भन्नुपर्छ,’ मोउरिन्होले थपे, ‘ उदाहरणका लागि मेस्सीले मेरो टोलीबाट कहिल्यै खेलेनन् । तर उनले मलाई उनको विरुद्ध रणनीति बुन्दाबुन्दै राम्रो प्रशिक्षक बनाए । मेस्सीसँगै मैले सामना गरेका अन्य खेलाडीमा पनि यहि लागु हुन्छ ।’

मोउरिन्होले सन् २०१० देखि २०१३ को बिचमा रियलको जिम्मेवारी सम्हालेका थिए । उनले यसक्रममा एक ला लिगा, एक कोपा डेल रे र एक पटक स्पेनिस सुपर कप मात्र जितेका थिए । रियलपछि पुरानो क्लब चेल्सी फर्केका मोउरिन्हो म्यानचेस्टर युनाइटेडमा पनि २ वर्ष प्रशिक्षक रहे। उनी गत सिजनदेखि कुनै क्लबमा आबद्ध छैनन् ।hamrokhelkud

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button