कृषि र किसान

गर्ने हो बदामको खेती

सैलेश सिग्देल 

बदाम जसलाई मुम्फली को रुप मा पनि चिन्ने गरिन्छ , संसार को एक महोत्वपूर्ण बालि हो । मुख्यता यो बालि tropics र subtropics मा प्रचलित पाइन्छ । दुवै ठुला र साना उत्पादक क लागि उत्तिकै फलदायी यो बालि अहिले निकै नै प्रचलित पाइन्छ । यसलाई दुवै कोसे बालि र तेलहन बालिका रुप मा लिने गरिन्छ । अज यस मा तेल को मात्रा धेरै पाइने भएकाले, यो तेलहन बालि को रुप मा अज प्रख्यात छ ।

संसार भर बदामको उत्पादन लगभग ४६ million टन रहेको छ । अरु कोसेबाली भन्दा फरक यो जमिन मुनि फाल्ने गर्दछ । स्वाद को सन्धर्भ मा यो अरु काजु, पिस्ता, ओखर, आदि जस्तै जस्तै नै पाइन्छ । यसबालि को यौता राम्रो पक्ष, यसले माटो को उर्बराशक्ति बदौना मदत गर्दछ ।

यसको इतिहास को कुरा गर्नु पर्दा एसको वास्तविक उत्पत्तिकहाँ बाट भयो भन्ने कुरा अज पनि रहस्य नै छ । तर कोहि सोधकर्ता क अनुसार एसको उत्त्पत्ति पेरु , ब्राजिल बाट भएको मानिन्छ । यस बाट झन्झट कम र फाइदा धेरै हुने भएका ले संसार भर का किसान माझ यो प्रखाय्त छ । अहिले आएर यसको महोव्त्त बुझेर किसान हरु यस प्रति आकर्षित भएको पाइन्छ । बदाम उत्पादनको हिसाब ले संसार भर एशिया अगाडी रहेको छ ।

प्रयत बदाम खेति का लागि हलुका र बलौटे माटो राम्रो मानिन्छ । PH ५ .९-७ भएको माटो मा बदामको उत्पादन निकै नै राम्रो हुने सोध ले देखाएको छ । बदामले आफै माटो को उर्बरा शक्ति बडाउने भएकाले यसको लागि खासै लगानी गर्नु पर्ने देखिन्न । रासायनिक मल को प्रयोग बिना पनि एसको उत्पादन निकै नै राम्रो भेटिएको छ ।

माटो को उर्बरशक्ति बढाउने क्षमता क कारण ले यस लाई किसान ले प्राथमिकता मा राखेको पाइन्छ । विभिन्न ठाउँ हरुमा बदामलाई बालि चक्रको एक महोत्वपूर्ण अङ्ग को रुप मा लिने गरेको पाइएको छ । बदामलाई बालि चक्र मा लिदा यसले अन्य बालि को उत्पादन ५० प्रतिशत बढेको सोध ले देखाएको छ । यसको उत्पादन कालागि न्यानो खालको बाताबरण भए उत्पादन झन् बढ्ने गरेको छ । ३५०-५००mm सम्म को बर्षा बदाम खेति क लागि उत्तम मानिन्छ । बदामको जात र अनकुल बातावरण को आधार मा यो ९०-१३० दिन सम्म मा तयार हुन्छ ।

यसको फाइदा, उत्पादन सबै यसकै कटाई मा निर्भर रहेको छ । कोसा राम्रो संग तयार नभई यसको कटाई गर्दा यसबाट चाए जति को उत्पादन लिन सक्किन । कतै ढिलो हुदा पनि कोसा सबै खसेर जाने भएकाले यस को कत्ति ठिक समय मा हुनु जरुरी देखिन्छ । कटाई पछि यसलाई राम्रो संग सुकाएर प्रसोधन गरे, बदम लामो समय सम्म पनि नबिग्रिने, र चाएको बेला प्रयोग गर्न सकिन्छ ।

संसार को कुल उत्पादन को ४० प्रतिशत चिन ले नै बेहोरेको छ भने भारत र अफ्रीका जस्ता देश पनि बदाम उत्पादनमा अगाडी लम्कदै गरेको पाइन्छ । नेपाल को कुरा गर्नु पर्दा बदामको उत्पादन ले खासै व्यवसाय लिन सकेको पाइदैन । नेपाल को उत्पादन ले जाडो मा घाम ताप्दै बदम खान सम्म लाई पुगेको देखिन्छ ।

बदामको प्रयोग धेरै तरिका बाट लिन सकिन्छ । मुलत खान कै निम्ति यसको प्रयोग व्यापक छ । यो संगै बदामको तेल पनि बिस्व भर राम्रो मानिन्छ । कुनै चिज फ्राई गर्न का लागि बदामको तेल असाध्यै लोकप्रिय मानिन्छ । यसलाई snacks, flour को रुप मा पनि प्रसोधन गरिएको पाइन्छ । बदाममा प्रोटिन को मात्र एकदम धेरै हुने भएका ले एस्लाई राम्रो आहार को रुप मा पनि लिने गरिन्छ ।

तेल निकालिसके पक्षि यसको पिना लाई पनि प्रयोग मा ल्याउन सकिन्छ । पिना मा पनि राम्रो मात्रा मा प्रोटिन पाइने भएका ले यस लाई गाई वस्तु को राम्रो चारा मानिन्छ । पिना लाई मल को रुप मा प्रयोग गर्न सकिन्छ ।

उत्पादन पनि बढी, फाइदा पनि हुने भएको किसान माझ बदम को लोकप्रियता निकै बढी छ । नेपाल मा पनि बदामले विस्तारै बजार लिदै गरेको देख्न सकिन्छ । किसान लाई फाइदा मात्र नभएर येसले माटो को उर्बराशक्ति लाई पनि अनकुल बनाईरहेको छ । तेसैले बदाम संसार भर लोकप्रिय हुदै गएको छ ।

(सिग्देल कृषि तथा पशु बिज्ञान अध्यान सस्थान पक्लीहवा, रुपन्देहीमा कार्यरत हुनुहुन्छ ।)krishipatrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button