खबर

 ४१ तालिबान लडाकूहरुले आत्मसमर्पण गरे

अफगानिस्तानका सरकारी सुरक्षाकर्मीसमक्ष ४१ तालिबान लडाकूहरुले आत्मसमर्पण गरेका छन् । देशको उत्तरी प्रान्त तखारमा लडाकूहरुले आत्मसमर्पण गरेका गृह मन्त्रालयद्वारा शनिबार जानकारी दिएका छन् ।

स्थानीय नेता र जिल्लाका प्रहरीको पहलमा तखार प्रान्तको वार्साज जिल्लामा ती लडाकूहरुले सरकारी सुरक्षाकर्मीसमक्ष आत्मसमर्पण गरेका हुन,” मन्त्रालयद्धारा जारी वक्तव्यमा उल्लेख छ ।

आफूहरुसँग भएको हातहतियार पनि उनीहरुले सुरक्षा अधिकारीहरु बुझाएका जारी वक्तव्यमा जनाइएको छ । ती तालिबान लडकूहरु छिमेकीमा पर्ने बादख्शान प्रान्तको कुरान वा मुन्जान जिल्लामा पनि सक्रिय रहेका बताइएको छ ।

अफगानिस्तान सरकारले सन् २०१० देखि नै तालिबान लडाकूहरुका लागि शान्ति तथा पुनस्र्थापना प्रक्रिया सुरु गरेको थियो । प्रक्रिया शुरु भएदेखि अहिलेसम्म दश हजार भन्दा बढी तालिबान लडाकू शान्ति तथा पुनस्र्थापना प्रक्रियामा सहभागी भएको अधिकारीहरुले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button