स्वास्थ्य

औषधि ब्यवसायी संघ झापाको अध्यक्षमा गुप्ता निर्वाचित

दमक । नेपाल औषधि ब्यवसायी संघ झापाको अध्यक्षमा दमकका औषधि ब्यवसायी गौतम गुप्ता निर्वाचित भएका छन् । उनले आफना प्रतिस्पर्धी सुरेन्द्र प्रधानलाई हराएका थिए । गुप्ताले २८२ मत ल्याई विजयी भए भने प्रधानले ११८ मत प्राप्त गरेका थिए   ।    दमकमा शुक्रवार सम्पन्न प्रथम जिल्ला अधिबेशनको निर्वाचनबाट गुप्ता जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन् ।
यसैगरि उपाध्यक्षमा २०३ मत ल्याएर प्रदीप खरेल निर्वाचित भए भने उनका प्रतिद्धन्दी गोविन्दप्रसाद अधिकारीले १९७ मत ल्याएका थिए । यस्तै १७० मत ल्याएर सचिवमा ससिम पोखरेल विजयी भए भने उनका प्रतिद्धन्दी अनिल सुवेदीले १३८ र अर्का उम्मेदवार वलराम खतिवडाले ९१ मत प्राप्त गरे । यसेगरि उपकोषाध्यक्षमा युवराज भटटराईले २१७ मत ल्याई निर्वाचित भए भने उनका प्रतिद्धन्दी खेमचन्द्र बस्नेतले १८० मत ल्याएका थिए ।
सदस्यहरुमा विजयी हुने लक्ष्मी पौडेल ( ३०१ ) ,शुेरस खतिवडा (२४४) र प्रल्हादराम ढुंगाना (१८१)निर्वाचित भएको गठित निर्वाचन समितिका संयोजक नरेन्द्र वरालले जानकारी दिए । सदस्यमा पराजित हुने गुरुप्रसाद राजवंशीले १६६, विक्रम राजवंशीले (१३१ ) र यज्ञराज कार्कीले १३४ मत प्राप्त गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button