खबर

दमक उद्योग वाणिज्य संघका निर्वाचित समितिलाई सम्मान

दमक। होटल व्यवसायी संघले दमक उद्योग वाणिज्य संघका नवनिर्वाचित समितिलाई  एक कार्यक्रम गरि सम्मान गरेको छ । निर्वाचित कार्यसमितिको सम्मानमा होटल व्यवसायी संघले औपचारिक रुपमा कार्यक्रम गरि बधाई तथा शुभकामनासहित सम्मान दिएको हो ।

शुक्रवार आयोजना गरिएको सम्मान तथा बधाई शुभकामना कार्यक्रममा संघका नवनिर्वाचित अध्यक्ष गोकुल श्रेष्ठसहितका पदाधिकारी,सदस्यहरुको उपस्थिति रहेको थियो । होटल व्यवसायी संघ माइपश्चिम क्षेत्रीय समिति दमकका अध्यक्ष राजन दंगालको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष श्रेष्ठले दमकको व्यवसायिक समृद्धिमा इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता जनाएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button