खबर

हात हालाहाल भएपछि ज्ञानेन्द्र शाही पत्रकार सम्मेलनबाटै पक्राउ

काठमाडौं – भ्रष्टाचार विरोधी अभियानमा लागेका ज्ञानेन्द्र शाही पक्राउ परेका छन् । शनिबार नेपालगञ्ज एयरपोर्टमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण एक घण्टा प्लेन डिले भएको भन्दै शाहीले झपारेका थिए ।
तर, मन्त्री भट्टराईले आफ्नो कारणले १५ मिनेटमात्रै प्लेन डिले भएको भन्दै माफी मागे पनि मन्त्रीले ढाँटेको भन्दै शाहीले आइतबार पुल्चोकमा पत्रकार सम्मेलन आयोजना गरेका थिए ।

शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएपछि सुरक्षाका लागि भन्दैै उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

शाहिलाई पक्राउ गरेर ललितपुर प्रहरी परिसर लगिएको प्रहरीले जनाएको छ । प्रहरीले शाहीको पत्रकार सम्मेलनमा हात हालाहालको स्थिती भएपछि शाहीलाइ सुरक्षित रूपमा परिसर लगिएको परिसरका डीएसपी देवेन्द्र पाण्डेले जानकारी दिए ।काठमाडौँपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button